शहरमा एउटी युवती … २८ वर्षकी भएँ। मेरा श्रीमान् पेसाले शिक्षक छन् तर हाम्रो सम्बन्ध छैन। १४ वर्षकै उमेरमा विवाह गरेर काभ्रेबाट गोरखा पुगेँ। श्रीमान्सँग जात नमिल्दा ससुरा, आमाजू र जेठाजु सबै मिलेर हामीलाई छुटाउने कोसिस गरे। श्रीमान् परे ब्राह्मण र म परेँ क्षेत्री। यसरी जात नमिलेपछि घरमा टिकिनसक्नु भयो। त्यसपछि श्रीमान्को साथ लागेर काठमाडौं आएँ। यतै छोरी जन्मिइन्। छोरी पाँच महिनाकी हुँदा जेठाजु कोठामा आए र मेरा श्रीमान्लाई लिएर गए।अब बाँच्ने कसरी? छोरीको पालनपोषण गर्ने कसरी? उपाय खोज्दै जाँदा एक दिन एउटी साथीले भनिन्, ‘एक जना राणाको घरमा तिमीले काम गर्नुपर्छ।’ काम पाउनु मेरो लागि ठूलो कुरा थियो, त्यस बेला।

अनि काम गर्न गइयो तर काम त अर्कै पो रहेछ। उनले मलाई ठमेल मसाज पार्लरमा पु:याइदिइन्। पहिलो दिन त्यहाँ काम गरेपछि जान मन लागेन। तर मेरो अर्को उपाय पनि थिएन। १५ दिनपछि फेरि त्यहाँ गएँ काम गर्न। मसाज पार्लरमा काम गर्न थाल्दाको पहिलो दिनको सम्झना अहिले पनि आइरहेको छ। सुरुमा त डर लाग्यो। कसरी मसाज गर्ने होला, त्यो पनि थाहा थिएन। एक जना विदेशी आएका थिए। साहुनीले हुकुमी भाषामा भनिन्,’बच्चालाई तेल लगाएजस्तै लगाइदेऊ न।’ तेल लगाएर मसाज गरिदिएँ। ती ग्राहकले खुसी हुँदै एक हजार दुई सय रुपैयाँ दिएका थिए। सुरुमा यस्तो काम गर्नु परेकाले धेरै रोएँ। मलाई लोग्नेमान्छेले छोएको मन परेन। तर के गर्ने? काम गर्नै पर्‍यो। मसाजको मात्रै होइन, अरू काम पनि गर्न पर्‍यो।

मैले बाँच्नका लागि परपुरुषलाई शरीर सुम्पनु पर्‍यो। अहिले हरेक दिन चारदेखि आठ जना ग्राहक आउँछन्। उनीहरूलाई शरीर सुम्पन तयार हुनुपर्छ। पहिले त अस्थायी साधनबारे थाहा थिएन, अहिलेचाहिँ प्रयोग गर्ने गरेकी छु। सुरुमा यस्तो काम गर्नु परेकोले धेरै रोएँ। लोग्‍नेमान्‍छेले छोएको मन परेन। तर के गर्ने ? काम गर्नै पर्‍यो। मसाजको मात्रै होइन, अरु काम पनि गर्न पर्‍यो। मैले बाँच्‍नका लागि परपुरुषलाई शरीर सुम्‍पनु पर्‍यो। अहिले हरेक दिन चारदेखि आठ जना ग्राहक आउँछन्। उनीहरुलाई शरीर सुम्‍पन तयार हुनुपर्छ। मैले भनिसकेँ, अन्य विकल्प नभेटेपछि म यौनकर्ममा होमिएँ। यसैबाट मेरो आर्थिक समस्या पनि टर्दै गयो। यस्तो पेसामा लाग्दा खासै दु:ख गर्नु नपर्ने तर ग्राहकलाई खुसी पार्न सके राम्रो हुने भएकाले यसै पेसामा म रमाइरहेकी छु। मैले यो पेसामा लाग्दा आफूजस्तै साथीहरू फेला पारेकीले पनि होला, म अहिले हाँसीखुसी छु, यो पेसामा। मसाज गर्दा मैले पाउने मासिक तलब भनेको १२ हजारमात्रै हो। बढी कमाउन त यौनकर्म गर्नैपर्छ।

यही पेसाबाट कमाएको ६ लाख रुपैयाँ बचत गरेकी छु। अब यो पैसा लगानी गरेर कुखुरापालन पनि गर्ने विचार गरेकी छु। हेरौं के हुन्छ। अहिले खड्का थरका व्यक्तिसँग मेरो प्रेमसम्बन्ध सुरु भएको छ। उनी ग्राहककै रूपमा आएका हुन्। अहिले प्रेमी बनेका छन्। उनले मसाज पार्लरमा दुई लाख रुपैयाँ सेयर पनि हालिदिएका छन्। मेरा प्रेमी ४० वर्षका छन्। उनी पनि शिक्षण पेसामा संलग्न छन्। उनीसँग प्रेम गर्नुमा मेरो स्वार्थ पनि छ। म मेरी छोरीका लागि भविष्यमा पहिलेकै श्रीमान्को घरमा जान चाहन्छु। अहिले मैले मेरा प्रेमीसँग प्रेमको नाटक गर्नु परेको छ। के ढाँट्नु, मेरा प्रेमीसँग मेरो शारीरिक सम्बन्ध पनि छ। मेरा ग्राहक अनेक प्रकारका छन्। विद्यार्थी, शिक्षक, कर्मचारी, प्रहरी सबै आउँछन्। भर्खरै जुँगाको रेखी बस्दै गरेकादेखि ६५ वर्षका बूढासम्म छन् मेरा ग्राहक।

मसाज गर्दै जाँदा पाका उमेरकाभन्दा युवाहरू अलि चाँडै उत्तेजित हुन्छन्। उनीहरू आफ्ना संवेदनशील अंगमा मसाज गर्न लगाउँछन्। हामीलाई थाहा हुन्छ, उनीहरू शारीरिक सम्पर्ककै लागि आएका हुन्छन्। हामीले उनीहरूको माग पूरा गर्नुपर्छ। होइन, समय पनि कस्तो भएको? साह्रै सानो उमेरका केटाहरू पनि पो आउँछन्, ग्राहक बनेर। त्यस्ता केटाहरू अलि बदमास पनि हुन्छन्। उनीहरूले भनेजस्तो भएन भने दुर्व्‍यवहार गर्न खोज्छन्। लात्ती हान्छन्, पैसा नतिरी भाग्न खोज्छन्। भर्खरै, एकजना केटोले त्यस्तै गर्‍यो। त्यो नांगै थियो। त्यसको सबै लुगा लुकाइदिएँ र भनिदिएँ, ‘गर्ने बेलामा सबै गर्ने, अहिले पैसा नतिरी जान खोज्ने? पैसा नतिरी जान खोज्ने हो भने नांगै जा।’ त्यसले खुरुक्कै मान्यो, पैसा तिर्‍यो, माफी माग्यो, अनि हिँड्यो। कोहीकोही मात्र मसाजकै लागि भनेर आउँछन्।

अधिकांश ग्राहक शारीरिक सम्पर्ककै लागि आउने गर्छन्। कहीलेकाहीँ घुम्न निस्कँदा ठूलाठूला घर देख्नेबितिकै छोरीले ‘मेरो मामुको अफिस’ भन्दै देखाउँदा मन चसक्क हुन्छ। कहिलेकाहीँ ‘म पनि मामुको अफिस जान्छु’ भन्छिन्। अनेक बहाना गरेर टार्छु। कहिलेकाहीँ मेरा पूर्वश्रीमान्ले फोन गर्छन्। उनलाई कपडा पसलमा काम गर्छु, मासिक सात हजार रुपैयाँ तलब आउँछ भनेर ढाँट्छु। माइतीमा पनि मेरो खास पेसाबारे थाहा छैन। माइत नगएको पनि १३ वर्ष भयो। सबैलाई ढाँटेर कतिन्जेल चल्ला र? मैले डायरी पनि लेख्न सुरु गरेकी छु। आज कस्तो ग्राहकसँग भेटेँ? कति खुसी भएँ, कति दुखी भएँ? आज कति कमाएँ? यी सबै डायरीमा लेखेकी छु। दसैं र भाइटीकाको दिनमा समेत मसाजमा काम गर्न आएको जस्तो तीतो अनुभव पनि डायरीमा लेखेकी छु। मेरो सानो उमेरको सपना थियो, प्रहरी बन्ने। त्यो सपना कता पुग्यो कता? के बन्ने सपना देखेकी थिएँ, के पो भएँ। प्रहरी बन्ने सपना पूरा नभए पनि छोरीलाई चाहिँ प्रहरी बनाएरै छाड्छु। छोरीको शिक्षादीक्षाका लागि कुनै कसर बाँकी राख्नेछैन।

छोरीको पढाइका लागि मेरा प्रेमीले पनि सघाइरहेका छन्। छोरी कक्षा २ मा पढ्दै छिन्। प्रहरीले हामीलाई बेलाबेलामा दु:ख दिन्छ। उनीहरूले भनेजस्तो भएन भने दु:ख दिने हुन्। मलाई त आजसम्म पक्राउ गरेर लगेका छैनन् तर मेरा साथीहरू धेरैपटक पक्राउ परिसके। मैले निकालेर ल्याएको छु धेरैपटक। हाम्रो पेसालाई व्यवस्थित रूपमा सञ्चालन गर्न दिइयोस्। बन्दै गर्ने भए हामीलाई उचित विकल्प दिइयोस्। विकल्प भए हामी किन यस्तो काम गर्थ्‍यौ र ?

 

तपाईको प्रतिक्रिया