गुल्मीको मुसिकोट आपचौरमा लागेको आगो अनियन्त्रित आपचौर बस्ती जोखिममा

25

गुल्मीमा डढेलो: आपचौर बस्ती जोखिममा

अनिल खत्री २६ माघ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरमा लागेको आगो अनियन्त्रित भएको छ । कुर्घाको मालिकाबाट तिम्ले खर्क हुँदै सुरू भएको आगो झण्डै १५ किलोमिटरसम्म फैलिएको छ ।

निजी खरबारी हुँदै खरवाङ जंगलसम्म पुगेको आगोले नजिकको आपचौरको बस्तीसमेत जोखिममा परेेको स्थानीय अर्जुन अर्यालले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसोबाट लागेको आगोले आपचौरको बस्तीका २५ घरधुरी जोखिममा परेका छन् ।

आगो निभाउने प्रयास भइरहेको छ । बिहानैबाट स्थानीयले आगो निभाउने प्रयास गरेपनि केहि भाग भिरसमेत भएकाले कठिनाई भइरहेको छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान आगलागी भएको स्थानतर्फ लागेका छन् ।

२०७४ माघ २६ गते ९:११ मा प्रकाशित

तपाईको प्रतिक्रिया