वर्तमान गुल्मी जिल्लाको पस्चीमोत्तर क्षेत्रमा पर्ने इस्मा राज्यको स्थापना विखण्डित नेपालको पश्चिमका बाइसी र चौबीसी राज्य अतर्गत पर्दछ । मुसीकोट र प्युठान राज्यको बिचमा २४ मौजामा फैलीएको इस्मा राज्य चार हजार कुरीयाले बनेको थीयो । वि. स. १५५० ताक स्थापना भएको इस्मा राज्यका चन्द्रवंशी काश्यप गोत्रीय िसंह थर भएका रायठौर घरानाका हुन । तर इस्मा राज्यमा ठकुरीहरुको प्रवेश नहुदै भट्ट पद धारण गरेका अर्ज्याल ब्राहमणहरुले राज्य साचालनको कार्य गर्दै आएका थिए भन्ने भनाइ समेत प्रचलीत छ । यसरी राज्य साचालन गर्ने वा राजकाज चलाउनेहरुको नाममात्र उपलब्ध छ । स्थिती बन्देजको प्रमाण प्राप्त गर्न सकीएको छैन ।

बाइसे चौबिसे राज्य मध्येको एक राज्य , प्राकृतिक ऐतिहासिक पुरातात्विक र सांस्कृतिक सम्पदाले सजिएको राज्य, जसलाई सुरक्षाको हिसाबले नेपालको गोरखा पछीको दोस्रो मानिन्छ ।

राजकाज चलाउनेहरुको नाम :-
१ राजा च्व्यनराज भट्ट अर्ज्याल
२ राजा कूशाराज भट्ट अर्ज्याल
३ राजा विष्णुदास भट्ट अर्ज्याल
४ राजा प्रभाकर भट्ट अर्ज्याल
यी राजाहरुको बारेमा रहेका थप सामग्रीहरु इतीहासको गर्भमै लुकेर रहेका छन् । सत्य तथ्य प्रमाण आगलागीमा परी कागजात जलेको भन्ने आधारमा फेला पार्न सकीएको छैन ।

चौथो राजा प्रभाकर विद्धान र अत्यन्त शालीन स्वभाबका थिए । राज्यको कार्य साचालनका क्रममा धोका फरेव र दण्ड सजाय गर्नु पर्दा साना तिना गल्ती कम्जोरी र भुलचुकमा पनि अति निर्दयी भएर कठोर दण्ड सजाय दिने राजाहरुको आम स्वभावका उनी बिरोधी थिए । सतर्कताका साथ कार्य गर्ने राजाहरुको रुपमा उनी प्रचलित छन् । उनी निसन्तान भएकै कारणले उनले त्यती बेलाको सक्तिशाली र प्रसिद्ध राज्य गुल्मी चारपालामा भारतको कर्णाटक राज्यबाट आई राजनितिक चरण लि बसेका सुरथ िसंह नामक राजपुतलाई धर्मपुत्र बनाई शिक्षा दिक्षा र मन्त्रदान समेत गरे । यिनै सुतथ िसंहलाई अङ्गदसिंह रावा भन्ने पद दिई इस्मा राज्यको सम्पूर्ण कार्यभार सुम्पेको पाइन्छ । उनी पछिको १२औं पुस्ता सम्मको उपलब्ध वंशक्रम यस प्रकार छ ।

१ राजा अङ्गदसिंह रावा
२ राजा पृथ्वीराजसिंह रावा
३ राजा रामराजसिंह रावा
४ राजा रुपसिंह रावा
५ राजा तिलक विक्रम रायठौर
६राजा गोविन्दसिंह रायठौर
७ राजा बेनिप्रशादसिंह रायठौर
८ राजा धर्मकेसरसिंह रायठौर
९ राजा गिरी भुपेन्द्रसिंह रायठौर
१० राजा पुण्यप्रतापसिंह रायठौर
११ राजा मानबहादुरसिंह रायठौर
१२ राजा केशरीप्रतापसिंह रायठौर

२४ मौजा इस्मा नामले प्रचलित ईस्मा राज्यको सिमाना पश्चिममा अग्लुङ्गको उकालो देखी झिमरुक सम्म उत्तरमा हालको बाग्लुङ्गको ग्वालीचौर सम्म दक्षिणमा धुर्काेट सम्म र पूर्वमा मुसिकोट राज्य सम्म फैलिएको थियो । क्षेत्रफलको हिसाबले २४ मौजामा फैलिएको र विर योद्धाका हिसाबले अत्यन्त आटिला र विर लडाकु रहेको इस्मा राज्य चौविसी राज्य मध्ये बलियो र दह्रो राज्यको रुपमा परिचित थियो । अज्र्याल ब्राह्मणले ठकुरीहरुलाई राज्य साचालनको कार्यभार सुमपेपछि छैठो पुस्तासमय यो राज्य स्वतन्त्र रह्यो । छैठो ठकु्री राजा गोविन्दसिंह रायठौरको राज्यावधिमा नेपाल एकीकरणको अभियान पश्चिममा पुगेको थियो । सोही क्रममा बहादुर शाहले चौबीसी राज्यमाथी हमलाका साथ बिजय प्राप्त गरिरहेका थिए । नेपाली सोनाले वि।स १८४३ साल आश्विन ४ गते इस्मा राज्यमाथि हासिल गर् यो ।
इस्मा राज्य चौबीसी राज्यहरुको तुलनामा बलियो भएकै कारणले पर्वत र प्युठान राज्यसँग सुमधुर मैत्री सम्बन्ध थियो । प्युठानीहरु पर्वत राज्यमा जानु पर्दा इस्माको बाटो भएर जानुपथ्र्यो । त्यसकारण पनि प्युठानी राजालाई इस्मा राज्य संग सत्रुताको भावना लिनु उचित थिएन । इस्माली र प्युठानी राजाबिच राम्रो सम्बन्ध थियो भने कुरा श्रीनन्दको चाँचरी प्रसिद्ध लोकगाथाबाट पनि पुष्टि हुन्छ । गुल्मीका राजा श्रीनन्द आफ्नी बहीनीका साथ विविध अपशकुनका बाबजुद पनि इस्माली राजासंग युद्ध गर्न गएको र हालको हस्तिचौर अन्तर्गतको उजुङ भन्ने स्थानमा केही सीपाहीका साथ बहिनी विद्यालक्ष्मी [जसको पछी रणबहादुर शाहसंग विवाह भइको थियो र राज राजेश्वरीका नामले प्रख्यात भएकी थिइन ] लाई छोडि छल्दी फुटमा युद्ध गर्दा इस्माली राजाले प्युठानीमुसिकोटका बिचमा अवस्थित
र जुम्ली राजालाई आफ्नो साथ लीएर श्रीनन्दलाई सिपाही सहीत ध्वस्त बनाएको कुरा श्रीनन्दको चाँचरीमा उल्लेख छ । नेपाली सेनाहरुले चौबीसी राज्य माथि आक्रमण गरिरहेको खबरले पर्वत राज्यले इस्मा जस्तो बलियो राज्यलाई आफ्नो पक्षमा उभ्यायो । पर्वती राजा किर्तीबम मल्लले इस्मा राज्यलाई नेपाल एकिकरण विरोधीको रुपमा खडा गरे । हुन त यस कार्यबाट इस्मालाई झन् फाइदा हात लाग्यो अर्थात इस्मा र मुसिकोटका बिचमा अवस्थित रानीवनको झगडा मिलेपछि गलकोटे र मुसिकोटे राजाले इस्मालाई समर्थन गर्दछन भन्ने पर्वत राजाको अभीष्ट थियो । इस्मालाई झन बलियो तुल्याएपछि पर्वतमा आक्रमण हुदा इस्माले सहयोग गर्दछ भन्ने आशा कीर्तिबममा थियो । इस्मा राज्य चौबीसी राज्यहरुको मध्य भागमा पर्दथ्यो र यो राज्य व्यापारिक मार्गमा परेकोले यस्ाको आर्थिक स्थिती सम्पन्न थियो ।

”इस्मा र मुसिकोटका बिचमा अवस्थित रानीवनको झगडा मिलेपछि गलकोटे र मुसिकोटे राजाले इस्मालाई समर्थन गर्दछन भन्ने पर्वत राजाको अभीष्ट थियो । ”

नेपाली सेना इस्मा राज्यालाई कब्जा गर्नतर्फ लाग्यो । भौगोलिक अवस्थामा र सैनिक क्षमताले समेत अति बलवान् इस्मा राज्यलाई घेराउ गर्न नेपाली सनेालाई फलामको चिउरा सावित भयो र गुल्मीका राजाबाट नेपाली सेनाले इस्मामा हम्ाला गर्दैछ भन्ने सुचना पाएर गोविन्दिसंहले कोतको लागि आवाश्यक रसद-पानी र हातहतियारको व्यवस्था मिलाए । बलियो किल्लाले बाधिएको यस राज्यमा सिपाहीहरु उच्च सर्तकताका साथ ड्युटीमा खटिए । नेपाली सेनाले सिधैं आक्रमण गर्न सक्ने र कुटनितिक रणनिति तयार गर् यो । इस्माकोतमा पानीको त्यति राम्रो व्यवस्था थिएन । त्यहाँका पधेर्नीहरु रानीकुवामा पानी भर्न जान्थे । उनीहरुका एकआपसमा गोप्य कुरा नेपाली सेनाले सुराकीका आधारमा पत्ता लगायो तर पधेर्नीलाई यो कुराको चाल भएन । इस्माको किल्ला नफुट्नुको कारण भीरमा कुवा बनाई दरबारमा पानी लैजानु हो भन्ने भित्री कुरो पर्धेनीबाट थाहा पाएपछि नेपाली सेनाले रानीकुवा कब्जा गर्ने योजना बनायो । योजनामुताबिक नेपाली सेनाले बासका धारा काटेर भर् याङ बनाई रानीकुवामा पुगे र पानीको स्रोत दरबारकालागि बन्द गराइदिए । त्यस समयमा राजा सिकारको लागि बाहिर निस्केका थिए । एकातिर पानीको हाहाकार र अर्कोतिर राजा सिकार खेल्न गएको अवस्था पारी नेपाली सेनाले इस्मा राज्यमाथि आत्रलमण गर् यो र आफ्नो अधीनमा पार् यो ।
कोतको रक्षार्थ हरिमाने सार्की, शङ्करे राना जस्ता पहलमान वीरहरु खटिएका थिए भने बाहिरी सुरक्षाको लागि चन्द्रको नेतृत्वमा सिपाहीहरु खटिएका थिए । नेपाली सेनाले लिस्ने गौंडा चढी इस्माकोटमा हमला गर्दा सम्म पनि त्यहाका राजा र भारदाहरुलाई कुनै सुइँको सम्म पनि थिएन । एक्कासि आइलागेपछि हरिमाने र शङ्करेको समुह नेपाली सेनामाथि जाइलाग्यो र धमासान युद्ध चर्कीयो । करिब दुइ सय इस्माली सेना र पचास नेपाली सेनाको रगत एउटै खोलो भउर बग्यो । दुई यस पचास लासको थुप्रोसंगै इस्मा राज्य शोकाकुल अवस्थामा नेपालमा मीलय भयो ।

”नेपाली सेनाले लिस्ने गौंडा चढी इस्माकोटमा हमला गर्दा सम्म पनि त्यहाका राजा र भारदाहरुलाई कुनै सुइँको सम्म पनि थिएन । एक्कासि आइलागेपछि हरिमाने र शङ्करेको समुह नेपाली सेनामाथि जाइलाग्यो र धमासान युद्ध चर्कीयो ।”

ईस्माली राजा सिकारबाटै पलायन भएको चर्चा एकतर्फ प्रचलित छ भने आक्रमणको समयमा आमा र छोरा पछाडिबाट भागेको र राजा अगाडिबाटै भुरेर डाडापेाखरीमा आई बसेको किवंन्ती इस्मामा अझै प्रचलित छ । भुरे राजाका कथा -किस्सा गाउभरी छन् भने इस्मा रजस्थलमा भुरेराजाको उडिरहेको अवस्थाको मुर्तिसहितको मन्दिर समेत छ । भुरेर आएपछि चन्द्र बाह्य सुरक्षा प्रमुखले उनलाई जोगाइरखेका थिए । दरबारनजिक उड्ने बेला टेकेको पाइलाको छाप अद्यापी छ भने चन्द्रको नामबाट सानो मन्दिर छ र विद्यालयको समेत नामाकरण छ । चन्द्रलाई अति कुटनितिज्ञ फुर्तिलो र सफल घोडचढी मानिन्छ । अन्य राज्यका बिशेष खबर बुझ्ने र इस्माराज्यमा दाखिला गर्ने काम उनले गर्थे ।
इस्माली राजा पलायन भए पछि कुल राजिसंह र प्रसादसिह जस्ता चौतरियहरु पनि पलायन भए । गोविन्दिसंहका खनाती पि्रयराज भारतको गोरखपुरमा बस्दा गुण्डाले हत्या गरेको पाइन्छ । राजाका गुरु गजाधर अर्ज्याल आमाको आशौचमा बसको कारण पलायन भएनन् । र इस्माकोटमै खडक देवताको पुजा परम्परा धानेर बसे । ठकुरीहरु छैठौ पुस्ता सम्म राजा भएको पाइन्छ । राजा गोविन्दिसंहले आफु पलायन हुदा उपलब्ध गराएका प्रमाणित कागजातहरु आगोलागिमा परेर नष्ट भएका हुन ।
वि।स १८४२ मा इस्माली राजा गोविन्दिसंहका छोराको विवाह सल्यानी राजाकी छोरी संग भएको भन्ने पाइएपनि दुवैको नाम प्राप्त हुन सकेको छैन । विवाह गरेर ल्याउदा महिनौ लागेको थियो । त्यस कारण ठकुरीका जन्त नजानु भलादमीका मलाम नजानु भन्ने उखान चरितार्थ भएको थियो । विवाह गरेर र्फकाउदा दुलाह सवार भएको घोडा तसर्िदा दुलाह खसेर मरे । छोराको मृत्युले विह्लव भएका इस्माली राजाले सल्यानकी राजकुमारीलाई सम्बन्ध अफाप भयो भनी तथानाम गाली गरेपछि सल्यानी राजा संग उनको सम्बन्ध चिसिन पुगेकेा थियो । त्यसको एक वर्ष बित्दा नबिदै इस्मा राज्य नेपाल अधिराज्यको अधिनमा रहयो । चेलीको श्राप राजालाई लागेको भन्ने काकताली जुर्न पुग्यो । इस्मा राज्यको विलयपूर्व प्यूठानी राजाले आफ्नो नेतृत्वमा बृह्त भेला गरेका थिए । चौबिसी राज्यहरुको त्यही भेलामा इस्माली र सल्यानको बिचमा आत्मीय मित्रवत् सम्बन्ध सुधार भएको थियो । नेपाल अधिराज्यमा विलय भएपछि इस्माका राजा सल्यान र जहारी राज्यको मध्ये भागमा अवस्थित बडागाउमा आश्रय लिएर बसेका थिए । उनीहरुलाई त्यस ठाउको जिमाली दिइ राखेकेाले अद्यपी त्यस ठाउलाई जिम्ााली भन्ने गरिन्छ ।

”त्यस कारण ठकुरीका जन्त नजानु भलादमीका मलाम नजानु भन्ने उखान चरितार्थ भएको थियो । ”
इस्मा राज्य प्रवेशकालागि विभिन्न्ा गौडा पार गर्नु पर्दथ्यो । मुख्य मुख्य गौडाहरु लेक थाना नेटाथाना राङकोट र पुर्कोट पर्दथ्ो दर्लामचौरको गडीकोट प्रवेशको मुख्य मार्ग मानिन्थ्यो । ताउलाउनेमा युद्धाभ्यासाको सैन्य शिविर थियो । अग्लुङ बाझकटेरी पुकोट पुर्कोट दह सिसे्रनी मर्भुङ्ग मैदान अर्खबाङ ह्वाङदी दर्लिङ नेटा थाम पौदी अमराई ग्वालीचौर जल्ाजला दाहाचौर दोहली अर्जे छापाहिले घमिर दघास अमरपुर सिरास टुनिपाला दरीनढुङ्गा रातामाटा खयारा दर्लामचौर ठाडढुङ्गा रामकोट खासीचौर टाकुरा बाजाँ भुवाना ढाडँ आर्वाजा ग्वाला रातापानि कल्यार हुल चैयाँ रोमी अधेरी बनगाउँ दोबाटा गावँ मैदान पाकटेरी बोरापानी खुमँ रीप लामिडाडाँ कोटकोटेरि तिमिलेखर्क पैयुँपाटा मर् यान खग्रेटा लँुकोट छेपाडाको पोखरा उनीबास राजापाटो चापटारी सिसे्र गदीकोट इस्मागाउँ सिख्रे सेउवा डाडाखर्क आदि इस्मा राज्यका मुख्य एवम् घना र पातलो आवादी रहेका बस्ती थिए ।

आर्थिक सम्पन्नता पानीको व्यवस्था शुरवीर र शक्तिशाली लडाकु मनग्ये उत्पाकत्व सुरक्षित बलियो किल्ला सहितको दरबार आदि कारणले इस्मा राज्यले बलियो राज्यका रुपमा प्रभाव जमाउन सकेको देखिन्छ । राज्य साचालनमा गुठी जमाएर बसे पनि खड्ग देवताको पुजा गजाधर अज्र्यालले व्यक्तिगत रुपमा चलाएको पाइन्छ ।
वर्तमान राजनितिक सीमा विभाजनमा इस्माका सबै भूभाग गुल्मि जिल्लामा पर्दछन् भने ग्वालिचौर बाग्लुङ जिल्लामा पर्दछ । २०२१ गाविस बनेर इस्मा उभिएको छ । पुराना मुख्य बस्ती अहिले व्यापारिक केन्द्र बनिसकेका छन् भने नयाँ बजारको रुपमा पनि केही स्थान उदाइरहेकाछन् । इस्माकोटमा विजयादशमी तथा चैत्राष्टमीको अवसरमा बिशेष पुजा गर्ने गरिन्छ । खड्ग देवताको मन्दिर हाल मैदान भन्ने ठाउँमा बनाइएको छ । कोतमा अहिले विगत तीन वर्षदेअी नेपाली सेनाको टुकडी बस्दै आएको छ ।

विद्यालय खानेपानी मोटरबाटो जस्ता विकासका नयाँ शताब्दीका आधारभूत आवाश्यकता विस्तारै पुरा भइरहेका छन् । विविध जात थर पेशा धर्म अगाल्ने मानिसहरु यहाँ बसोबास गर्छन । ठाउँ ठाउँमा मन्दिरहरु निर्माण भएका छन् । समग्रमा इस्मा राज्य एउटा पर्यटकीय स्थलको रुपमा खडा भएको छ ।

हामीले विभिन्न श्रोतबाट प्राप्त गरेसम्मका जानकारीहरु तपाईंसँग प्रस्तुत गरेका छौं , तपाईंसँग अझै बढी जानकारी वा सामाग्री भएमा अर्थात यि सामाग्रीको बिषयमा केही टिप्पणी भएमा info@ismanews.com मा प्रेसण गर्नुहोला । धन्यवाद

यो पनि पढ्नुहोस 

प्राचिन इस्मा दरवार को इतिहास 

तपाईको प्रतिक्रिया