आइतबार आफ्नै पार्टी कार्यालय प्रवेश गर्दा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा घेराबन्दीमा परे । उनीविरूद्ध नाराबाजी र प्रदर्शन भयो । यसरी प्रदर्शनमा उत्रिने अरू कोही थिएनन्, उनकै दलको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ता थिए ।

नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आइतबार पार्टी विधानअनुसार चल्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

गाडीबाट पार्टी कार्यालय छिर्दै गर्दा देउवालाई उनकै कार्यकर्ताले चर्को नाराबाजीसहित घेरेका हुन् । भीड छिचोल्दै देउवा कार्यालय प्रवेश गरेका थिए ।

पछिल्लो समय रामचन्द्र पौडेलसहितका नेताहरू देउवाले पार्टी सिद्धान्त र हित विपरित एकलौटी शैली लादेको र पार्टीलाई कमजोर पारेको आरोप लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया