विवाह पूर्व केटीले राखिन् यस्तो शर्त कि सुनेर तीन छक्क परे केटा पक्ष

53

एजेन्सी – यो विचित्रको खबर भारतको हो। भारतको मध्य प्रदेशकी प्रियंका भदोरियाले विवाह गर्नु अघि आफ्नो केटा पक्ष समक्ष यस्तो माग राखिन जुन सुनेर सबैको कान ठाडो भएको छ।

प्रियंकाले आफ्नो घरपरिवार र केटा पक्षसँग जबसम्म दश हजार बिरुवा रोप्ने छैन तब सम्म विवाह नगर्ने अडान राखेकी छिन्। केटा पक्षलाई यो सुनेर केही अजिब लागेको थियो, तर उनीहरुले प्रियंकाको यस्तो माग स्वीकार गरे र गत शुक्रबार धुमधाम साथ प्रियंकाको आफ्नो छोरासँग विवाह गरे।

प्रियंका भारतको मध्य प्रदेशस्थित भिंड जिल्लाको किशीपुरा गाउँको निवासी हुन्। जहाँ विवाह गर्नु पूर्व दुलहीलाई सोधिन्छ कि उनीहरुलाई के-के चाहिन्छ। सामान्यतया: केटीहरु गरगहना, कपडा आदिको माग गर्छन तर प्रियंकाले चाहीँ वृक्षरोपण गर्ने शर्त राखिन्।

प्रियंकाको मानसपटलमा १० वर्षको उमेरबाट नै बिरुवा रोप्ने ईच्छा रहेको थियो। संयोग नै भन्नुपर्छ उनको विवाह पनि अन्तर्राष्ट्रिय पृथ्वी दिवसको दिन नै भएको छ।

प्रियंकाको पति रवि चौहान पनि आफ्नो पत्नीको बुद्धिमानी देखेर अत्यन्तै खुसी छन्। उनी खुसी छन् कि उनको पत्नी पर्यावरण प्रति यति धेरै चिन्तित छिन्। प्रियंका चाहन्छिन कि दश हजार बिरुवा रोप्ने शर्तमा पाँच हजार बिरुवा माइती घरमा र पाँच हजार बिरुवा आफ्नो नयाँ घरमा लगाउने सोचेकी छिन्। आज जहाँ देशको ठुलो भाग वनविनाशको कारण सुख्खा छ , यस्तोमा प्रियंकाको जस्तो पहल महत्वपूर्ण र अत्यावश्यक छ।

तपाईको प्रतिक्रिया