प्रेम सुनार
गुल्मी, माघ २६ । हिजो साँझ अवेर सम्म गुल्मीको कुर्घावासीले आगोलागिबाट सिङ्गो गाउँ नै ध्वस्त हुन लागेको भन्दै सदरमुकाम तम्घासमा रहेका सञ्चारकर्मीहरुसंग हारगुहार गरी रहेका थिए । उक्त हारगुहार सञ्चारकर्मीहरुले नेपाली सेना विरभद्रजंग गुल्म तम्घास धागीथुम व्यारेकका गुल्मपति सेनानी गोकर्ण देवकोटा समक्ष व्यारेकमै पुगेर पुराईदिए ।

तत्तकाले सेनानी देवकोटाले त्यहाँका वडाध्यक्ष भागिरथ खरेलसंग बुझे । स्थिती गम्भीर बुझे पछि सेनानी देवकोटाले तत्काल फायर फाईटिङ्ग टोलीलाई तयार पार्न टुवाईसी सह–सेनानी राजिव वस्नेतलाई निर्देशन दिए । लगत्तै टोली तयार भयो । उता वामीमा रहेको सुरक्षा सेमुलाई त्यस तर्फ लाग्न निर्देशन भयो भने यताबाट पनि राती नै टोली मुभ भयो ।
gulmi fire
स्थानिय समाज सेवी अजुर्न अर्याल भन्छन्, “यहाँको ५० भन्दा बढि घरधुरी नष्टै हुनै लागेको बेला नेपाली सेना साढे ३ वजे राती आई पुग्यो र गाउँ नष्ट हुनबाट जोग्यो, हामी निकै आभारी भएका छौं ।” मुसिकोट नगरपालिका वडा नम्वर ६ , साविकको कुर्घा गाविसको मालिका खर्वाङ्ग गाउँमा केहि वर्षयता होम स्टेका लागि सजाईएको गाउँ यसरी नष्ट हुनबाट जोगाईएको हो । स्थानिायवासी एवं नेपाली कांग्रेसका जिल्ला

सदस्य ज्ञानु सापकोटाका अनुसार स्थानियको नियन्त्रण बाहिर रहेको जंगलमा लागेको आगो राती नै नेपाली सेना र सशस्त्र प्रहरी तैनाथ नभएको भए सिङ्गो गाउँ सखाप हुनेवाला थियो ।
सापकोटाले भने–‘पहिलो पटक यस गाउँका वासीन्दाले नेपाली सेना र सशस्त्र प्रहरीको भुमिकाको प्रत्यक्ष अनुभुत गर्न पाएका छन् ।’ हिजो साँझ करिव ५ वजेबाट खर्वाङ्गको जंगलबाट सल्कीएको आगो मालिका गाउँमा फैलिएको स्थानियवासी अर्यालले बताए ।

यो समाचार लेख्ने वेला दिनको दिनको पौने चार वजेको छ । हिजो राती हिँडेको नेपाली सेनाले अहिले सम्म खाना खाएको छैन । दुविचौरको उर्लेनीबाट हिँडेको सशस्त्र प्रहरी पनि अहिले सम्म भोकै छ । विरभद्रजंग गुल्मका गुल्मपति सेनानी गोकर्ण देवकोटाले भने, ‘गाउँ जल्नबाट बचाएर त्यहाँ खटिएको टोली फर्किन लागेको छ र यति वेला सम्म भोकै छ । ’
Read Releted Post

गुल्मीको मुसिकोट आपचौरमा लागेको आगो अनियन्त्रित आपचौर बस्ती जोखिममा – ISMANEWS

गुल्मीमा डढेलो: आपचौर बस्ती जोखिममा अनिल खत्री २६ माघ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरमा लागेको आगो अनियन्त्रित भएको छ । कुर्घाको मालिकाबाट तिम्ले खर्क हुँदै सुरू भएको आगो झण्डै १५ किलोमिटरसम्म फैलिएको छ । निजी खरबारी हुँदै खरवाङ जंगलसम्म पुगेको आगोले नजिकको आपचौरको बस्तीसमेत जोखिममा परेेको स्थानीय अर्जुन अर्यालले जानकारी दिए । उनका …

तपाईको प्रतिक्रिया