अनिश शर्मा गैरे
गुल्मी, फाल्गुण २५ । सडक निर्माणको क्रममा धुलोको मात्रा अत्याधिक हुँदा गुल्मीमा प्रदूषणको दर बढेको छ । धुलो ब्यबस्थापनको लागि चासो नदिँदा गुल्मीबासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । हुन त हिउँद महिनामा धुलाम्य सडक नहुने कुरै भएन तर पनि जताततै डोजर चलाइएका कारण यस बर्ष सडकहरु अत्याधिक धुलाम्य भएका छन । बिशेष गरी रीडि–रुद्रबेणी वामीटक्सार सडक खण्ड निर्माणको क्रममा अहिले सडक निकै धुलाम्य बनेका छन ।

यो सडक मात्र होइन सदरमुकाम तम्घासदेखी सीमलटारी सम्मको सडक आयोजना, तम्घास–इन्द्रगौडा सडक आयोजनाको अवस्था पनि उस्तै छ ।
सडक वारपार बनाउन लागीएका नाली तथा भित्ताहरु उठाउने क्रियाकपाल भइरहँदा धुलोको मात्रा बढेको छ । साथै पिच नगरीएसम्म सडक अत्यन्तै धुलो हुने देखिएको छ । जसले गर्दा यात्रुहरु तथा सडक वारीपारी बसोबास गर्ने जनताहरुको जनजीवनमा नकारात्मक असर परीरहेको छ ।

तपाईको प्रतिक्रिया