अनिल खत्री

५ जेठ, गुल्मी । गुल्मीमा जिल्ला स्तरिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीको आयोजना र श्री हिमालय माबि इस्मा गाउँपालिका १ हस्तिचौरको आतिथ्यतामा गुल्मी जिल्ला स्तरिय युवा तथा जुनियर गोष्ठीको सम्पन्न भएको हो ।

शुक्रवार र शनिवार २ दिन सम्म चलेको गोष्ठीमा जिल्ला भर रहेका बिभिन्न बिद्यालयका गुल्मी जिल्ला स्थीत सर्कल गठित १ सय १ माध्यकि तथा आधारभुतविद्यालयका शिक्षक नायक तथा सर्कल अध्यक्षहरु सहभागिता रहेको थियो । गोष्ठीमा बार्षिक कार्यक्रमको समिक्षा तथा नयाँ कार्यक्रमको बारेमा छलफल गरिएको हिमालय माबिका प्रधानध्यापक दधिराम पन्थीले जानकारी दिए ।

जिल्ला भरबाट उत्साह जनक सहभागितामा सम्पन्न गोष्ठीले नयाँ कार्यक्रमहरुको बाडफाड गरेको पन्थीले जानकारी दिए । गोष्ठीबाट सर्कल योजना निर्माण र बाँडफाड, पुरस्कार तथा अमिायाको चिनो वितरण सहित अतिथि तथा सहभागीलाई विदाइ, आगामी गोष्ठी त्रिभुवन मा वि मुसिकोट न पा भुवाचिदीमा हुने निर्णय गरेको छ । २ दिने ३४ औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठीमा रेडक्रसका केन्द्रीय उपाध्यक्ष श्री सुदर्शन प्रसाद नेपालको बिशेष सहभागिता रहेको थियो ।

गोष्ठीमा सर्कल संरक्षक दधिराम पन्थी, इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट, इस्मा गाउँपालिका उपाध्यक्ष विमला के सी, रेडक्रस जिल्ला उपसभापति अनन्तराम पौड्याल,मन्त्री राजेन्द्रप्रासद श्रेष्ठ, रेडक्रस जिल्ला उपसभापति कृष्ण भण्डारी रेडक्रस उपशाखा हस्तिचौर सभापति, शेरबहादुर कुँवर, विन बहादुर गौतम, रेडक्रस उपशाखा हस्तिचौर उपशभापति, समसुलहक मिया हस्तिचौर स्वास्थ्य चौकी इन्चार्ज, लगायतले जिल्लामा अहिले सम्मकै बढी सर्कलहरुको उत्साजनक सहभागीता रहेको बताएका थिए । उनिहरुले रेडक्रसले आगामी दिनहरुमा गर्नु पर्ने नयाँ कार्यक्रमको बारेमा सुझावहरु समेत दिएका थिए ।

कार्यक्रम इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले हस्तिचौर उपशाखामा एम्बुलेन्स सञ्चालनको लागि आवश्यक कार्य अगाडी बढाएको बताएका थिए । सोहि अबसरमा नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखाको नवनर्मित भवनको समुद्घाटन केन्द्रीय उपाध्यक्ष सुदर्शन प्रसाद नेपाल र ईस्मा गाउँ पालिका प्रमुख लक्ष्मण विष्टद्वारा गरेका थिए । उक्त भवन १४ लाख ५६ हजार ४ सय १९ लागतमा निर्माण भएको समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस !

तपाईको प्रतिक्रिया