कृष्ण घिमिरे “किरण”| इस्मा | १० बैशाख
“आफ्नो गाउ तपाइ हामी मिली आफै बनाउ” भन्ने नारालाइ आत्म साथ गर्दै गुल्मी जिल्ला इस्मा गाउपालिका वाड नं. ५ (रजस्थल ९ ) पाहकटेरी का स्थानीय समुदायले मिलेर तम्घास- इस्मा – अर्खबाङ्ग मोटरबाटो अन्र्तगतको इस्मा पाहकटरीमा पिउने पानी सहीतको आधुनिक प्रतिक्षालय (चौतारी) निर्माण गरेका छन ।  आज कै दिन उक्त प्रतिक्षालयको पनि एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ ।

प्रतिक्षालयको उद्घाटन स्थानिय ९० बर्षिय बृद हजुर आमा पबित्रा देबि अर्याल ले गर्नुभयेको थियो भने यस प्रतिक्षालय निर्माण कार्यमा स्थानिय जनसमुदाय तथा रोजगारको सिलसिलमा विभिन्न देश विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुको सहयोगबाट र विभिन्न आर्थिक तथा स्थानिय जनश्रमदान बाट उक्त प्रतिक्षलयको कार्य सम्पन्न गरिएको थियो । करिब २ लाख २५ हजारको लागतमा बनेको उक्त प्रतिक्षालयको संरक्षण तथा सम्बर्धन गर्ने कार्य पनी स्थानिय स्तरबाट नै भइरहने कुरा प्रतिक्षालय निर्माणका योजनाकार प्रकाश अर्यालले जानाकारी गराउनु भएको छ । स्थानिय तहमा विकास र विस्तारको लागी सबै मिलेर काम गरेमा जुन सुकै काम कुरा पनी सम्भब रहको प्रतिक्षलय निर्माणका संयोजक बाबुराम अर्यालले जानाकारी गराउनु भयो ।

यस कार्य संग सगै अबको केही समयमै अर्को एउटा सामाजिक कार्यको थालनि गर्ने कुरा पनी स्थानियस्तरको रहेको छ । यस संगै करिब २ बर्ष पहीले स्थानिय स्तरबाटै यस पाहकटेरीमा गा.वि.स मा जोडिने मोटरबाटो निर्माण कार्य पनी सम्पन्न गरिएको थियो । यसरी नै गाउपालिका तथा सबै पक्षबाट सहयोग मिल्ने हो भने सबै गाउ ठाउलाइ एउटा नमुनाको रुपमा बिस्तार गर्न सकीने कुरामा बिस्वस्त्त हुनुहुन्छ ज्ञान बहादुर विष्ट पनी ।

तपाईको प्रतिक्रिया