इस्माली समाज काठमाण्डौको शुभ-कामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

137

महेन्द्र बस्नेत | १५ बैशाख | काठमाण्डौ
इस्माली समाज काठमाण्डौको आयोजनामा सस्थापक अधक्ष्य श्री दामोदर भण्डारीको अधक्ष्यतामा २०७५ सालको क्यालेन्डर बिमोचन तथा नव बर्ष २०७५ सालको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यकम सम्पन्न भयो ! ज्ञान निकेतन इंगलिस बोर्डिंग स्कुल, शंखमुल काठमाण्डौमा सम्पन्न यस कार्यक्रममा प्रमुख अथिति बैदिशिक रोजगार मन्त्रि श्री गोकर्णराज बिष्टको उपस्थिति रहेको थियो ! साथै यस कार्यक्रमका उद्घोषक सचिव हेमांत थापाको थियो भने स्वागत मन्तब्य मा यस सस्थाका उपाधक्षय श्री बेधनिधि अधिकारीले गर्नु भएको थियो ! साथै यस कार्यकम मा बिभिन्न क्षेत्र तथा बिभिन्न विधा बाट शुभ-कामना आदान प्रदान गर्न इस्माली समाज का कार्यशील सदस्य तथा इस्माली समाजका बिशिस्ट ब्यक्तित्व्वहरु को उपस्थिति रहेको थियो !

यस कार्यक्रममा उपस्थिथि व्यक्तित्व हरुको एक झलक: 

 

मन्त्रि बिष्ट बाट सम्पूर्ण इस्माली लाइ शुभ कामना मन्तब्य व्यक्त ! 

यस कार्यक्रममा बोल्दै श्रम तथा बैदेशिक रोजगार बिभाग मन्त्रि गोकर्ण बिष्ट ले सम्पूर्ण इस्माली समाज का कार्यशील सदस्य इस्माली समाज कार्यक्रममा उपस्थित सम्पूर्ण लाइ नव बर्ष २०७५ सालको हार्दिक मंगलमय  शुभ कामना व्यक्त गर्नु भयो ! इस्माली समाज काठमाण्डौ को क्यालेन्डर बिमोचन  कार्यक्रम मा बोल्दै मन्त्रि बिष्ट ले भन्नु भयो २०७५ साल को मात्र मासिक तथा बार्षिक क्यालेन्डर नभई यस क्यालेन्डरमा अंकित प्रत्येक दिन प्रत्येक महिना आजका युवाहरुलाई अत्यन्त महत्वपूर्ण रहेको समेत बताउनु भयो ! साथै कार्यक्रम मा बोल्दै मन्त्रि बिष्ट ले इस्माली समाज काठमाण्डौले गरेका प्रत्येक शैक्षिक तथा सामाजिक मुलक  कार्यक्रम को प्रशंशा समेत गर्नु भयो ! हेरौ यस कार्यक्रमको झलक जस्ताको तस्तै भिडियो

 

तपाईको प्रतिक्रिया