निवास अस्वीकार गरेर प्रदेश ५ का मन्त्री केसीको होटेलमा वास

26

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले मन्त्रीनिवासमा बस्न अस्वीकार गरेका छन् । मन्त्रीनिवासका लागि भैरहवास्थित भूमिगत जल परियोजना (भैलोभुजा)का भवनमा व्यवस्थापन गरे पनि मन्त्री केसीले अस्वीकार गरेका हुन् । सो भवनमा आठजनासम्म मन्त्री बस्न मिल्ने गरी व्यवस्था गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी भैलोभुजामा व्यवस्थापन गरेको निवासमा बस्न सुरु गरिसकेका छन् । तर, आन्तरिक मामिलामन्त्री केसीले निवासमा बस्न अस्वीकार गरेका छन् । मन्त्री केसी भैलोभुजाको निवास उपयुक्त नभएको भन्दै होटेलमा बस्दै आएका छन् । उपसभामुखसहित अब बन्ने हुने मन्त्रीहरूका लागि भैलोभुजामा निवासको व्यवस्था गरिएको छ ।

बुटवलबाट करिब १८ किलोमिटरको दुरीमा रहेको भैलोभुजामा सबै मन्त्रीका लागि आवासको व्यवस्था भइरहेको छ । प्रदेश ५ मा अहिले ३ सदस्यीय मन्त्रीमण्डल रहेकोमा मुख्यमन्त्री बुटवलस्थित सरकारी निवासमा बस्दै आएका छन् । उनका लागि राजश्व अनुसन्धानको पश्चिमाञ्चाल कार्यालय रहेको भवनमा आवास मिलाइएको छ ।

निवास उपयुक्त छ : सरकारका प्रवक्ता चौधरी

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सबै हिसाबले निवास उपयुक्त रहेको बताए । ‘भैरहवामा मन्त्री बस्दा असुरक्षित हुने भन्ने पनि सुन्नमा आयो, यदि त्यहाँ मन्त्री असुरक्षित हुने हो भने त्यहाँबाट उताका जनता के असुरक्षित छन् ? उनले प्रश्न गरे, ‘त्यसैले त्यहाँ असुरक्षा छ भन्ने हल्ला सत्य होइन । नेपाली भूमिमा भएका सबै नेपालीले सुरक्षाको महसुस गर्नुपर्छ र सुरक्षा पनि छ ।’

मन्त्री निवासदेखि भारतको सिमाना सात किलोमिटरभन्दा बढीको दुरीमा छ । मन्त्री बस्दै आएको आवासभन्दा दक्षिणतर्फ रुपन्देहीका महत्वपूर्ण सरकारी कार्यालय छन् । मन्त्री चौधरीले सुरक्षाका हिसाबले अहिले व्यवस्था भएको निवास उपयुक्त भएको बताए । उनले प्रदेश राजधानी बुटवलमा मन्त्रालयदेखि निवासका लागि आवश्यक भौतिक संरचना जुटाउन कुनै समस्या नरहेको बताए ।

सुरक्षा संयोजनको सहजताका लागि बुटवलमै उपयुक्त : मन्त्री केसी

मन्त्री केसीले सुरक्षा संयोजनमा सहजताका लागि बुटवलमै बस्न उपयुक्त हुने बताए । मन्त्री केसीले नयाँ कार्यालयहरू रहेको र अनुगमन गर्न सहज हुने भएकाले बुटवलमै निवास बनाउन चाहेको बताए । बुटवलमा रहँदा सुरक्षा व्यवस्थापनमा सजिलो हुने उनको दाबी छ । अहिले बुटवलको सापकोटा मिष्ठान्नमा बसिरहेका छन् । केही दिनमै हुलाक कार्यालयमा सर्ने उनले बताए ।

कर्मचारीले पाएनन् निवास

केन्द्रबाट प्रदेशमा खटिएर आएका कर्मचारीहरू निवासको समस्यामा परेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बुटवलमा खटिएर आएका कर्मचारीहरूको अवस्था शरणार्थीको जस्तै रहेको बताए । बुटवलको भाडा महँगो रहेको र भाडाका घरमा बस्न सक्ने अवस्था नभएको बताए ।

प्रदेशमा खटिएर आएका उच्च तहका कर्मचारीका लागि सरकारीस्तरबाटै आवासको व्यवस्था भएमा काम गर्न सहज हुने उनको भनाइ छ । बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) का आवास गृहहरू कर्मचारीका लागि उपयुक्त हुने पनि केही कर्मचारीको भनाइ छ । मुख्यमन्त्री कार्यालयका सचिव दीपेन्द्र काफ्ले उच्च तहका कर्मचारीका लागि आवासको समस्या नरहने बताए । कर्मचारीका समस्या पनि विस्तारै समाधान हुने उनले बताए ।

कर्मचारीलाई पनि आवास मिलाउछौँ : मन्त्री चौधरी

कर्मचारीका लागि पनि आवासको व्यवस्थापन गर्ने मन्त्री चौधरीले बताए । प्रदेश सरकारले केही दिनअघि नै विभिन्न कार्यालयका भवन तथा जग्गाहरू अध्ययन गर्न एउटा समिति बनाएको र त्यसले काम गरिरहेको उनको भनाइ छ । बिटिआईका आवासका भवनहरू निवासका रूपमा प्रयोग गर्न उपयुक्त देखिएको उनले बताए । त्यसका लागि केन्द्र सरकारको उद्योग मन्त्रालयबाट आवश्यक निर्णय गराएर प्रदेश सरकारले आवश्यकताअनुसार प्रयोग गर्ने व्यवस्था मिलाउने बताए । सकेसम्म सरकारी भवनहरू नै उच्च तहका सरकारी कर्मचारीलाई उपलब्ध गराउने उनको भनाइ छ ।

सुरक्षा व्यवस्थापन सहज बनाउन बुटवलमै बसेको छु : मन्त्री केसी

मन्त्री केसीले सुरक्षा संयोजनमा सहजताका लागि बुटवलमै बस्न उपयुक्त हुने बताए । मन्त्री केसीले नयाँ कार्यालयहरू रहेको र अनुगमन गर्न सहज हुने भएकाले बुटवलमै निवास बनाउन चाहेको बताए । बुटवलमा रहँदा सुरक्षा व्यवस्थापनमा सजिलो हुने उनको दाबी छ । अहिले बुटवलको सापकोटा मिष्ठान्नमा बसिरहेका छन् । केही दिनमै हुलाक कार्यालयमा सर्ने उनले बताए ।

निवास उपयुक्त छ : सरकारका प्रवक्ता चौधरी

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सबै हिसाबले निवास उपयुक्त रहेको बताए । ‘भैरहवामा मन्त्री बस्दा असुरक्षित हुने भन्ने पनि सुन्नमा आयो, यदि त्यहाँ मन्त्री असुरक्षित हुने हो भने त्यहाँबाट उताका जनता के असुरक्षित छन् ?’ उनले प्रश्न गरे, ‘त्यसैले त्यहाँ असुरक्षा छ भन्ने हल्ला सत्य होइन । नेपाली भूमिमा भएका सबै नेपालीले सुरक्षाको महसुस गर्नुपर्छ र सुरक्षा पनि छ ।’

मन्त्रीनिवासदेखि भारतको सिमाना सात किलोमिटरभन्दा बढीको दूरीमा छ । मन्त्री बस्दै आएको आवासभन्दा दक्षिणतर्फ रुपन्देहीका महत्वपूर्ण सरकारी कार्यालय छन् । मन्त्री चौधरीले सुरक्षाका हिसाबले अहिले व्यवस्था भएको निवास उपयुक्त भएको बताए ।

तपाईको प्रतिक्रिया