रामबहादुर थापा ‘बादल’ जस्तो भावुक गफाडिलाइ पार्टि बिभाजनको औचित्य पुस्टि नगर्दै सत्ताको स्वाद चखाऊने प्रचण्डको कारण धेरैले अनुमान लगाऊन सक्दैनन। लेनिन र स्टालिनको देश सोभियत रुसमा पढेको, माओ, चाओ र लिन प्याओको देश चिनको जनसत्ताको दर्शन बाट प्रभाबित भयको, बुद्द देखि पृथ्वी नारायण शाहा सम्मको शान्ति, युद्द र र क्रान्तिको आकार संग नजिकबाट सन्चालन गरेका बादललाइ प्रचण्डले ३१ बर्ष पछि भाबुक गफाडि साबित गर्न सत्ताको लड्डुमा बादलको दर्शन डुबाइदिएका छन ।

बादललाइ अगाडि सार्नुका सैदान्तिक कारणहरु:

कारण एक: बादललाई अग्निपरीक्षामा असफल गराउन
प्रचण्ड बादलको रहर होईनन बाध्यता र विवसता हुन । सहयात्री जब बाध्यता र विवसताको स्वरुप लियर आऊछ, ऊसलाइ ईतिहासको कुनै न कुनै एऊटा परिक्षामा असफल गराइदिए पछि जिन्दगिभर ऊसले आफुलाइ नेता मानिरहने र चिरकाल सम्म आफुले ऊसको बौदिकतालाइ झेल्न नपर्ने एतिहासिक तथ्य स्वरुप बादललाइ गृहमन्त्रालयमा पठाएको प्रचण्डलाइ स्पस्ट ज्ञान छ ।

यो कुरा ठोकूवा गरेर राखे हुन्छ, प्रचण्डकै आग्रहमा ओलि सरकार भित्रै कोहि न कहोको असन्तुस्टिलाइ देखायर प्रचण्डले बादललाइ असक्षम नभनेरै आलो पालो वा कुनै अर्को शब्द प्रयोग गरेर पुनः बादललाइ फिर्ता बोलाएर अन्य कुनै एबिसिडी मान्छे पठाऊनेछन ।

कारण दुई: जनार्दन शर्मालाइ प्रचण्डको “रेड सिम्बोल”
प्रचण्ड भन्दा अघि यदि कोहि छ भने त्यो जनार्दन शर्मा छन । यदि प्रचण्डको पछाडि कोहि छ भने त्यो जनार्दन शर्मा नै छन । भनाइको मतलव प्रचण्डको सकृय राजनिति गर्ने ऊमेरमै यदि प्रचण्डलाइ कसैले ओभर ट्याक गर्न खोज्छ भने त्यो जनार्दन शर्मा नै हुन । बादललाइ गृहमन्त्रालयमा पठायर प्रचण्डले आफु समाबेसि र सर्वमान्य नेता भयको प्रमाणित गर्न पनि बादललाइ गृहमा सिफारिस गरेका हुन । यसबाट जनार्दनलाइ तिमिहरुको हैसियत भन्दा माथिको मेरो समर्थन छ, अब मेरो “स्व” प्रतिको तिमिहरुको आकंक्षा जुनिमा पुरा हुदैन भनेर प्रचण्डले बिशेष बादललाइ पठाएका हुन ।

कारण तिन: बर्षमान पुनको दम्भ रोक्न, पुर्व बैध्य ग्रुपलाइ सान्तवना दिन
माओवादि संगठानिक रुपमा मिलेको स्विकारेपनि तल्लो स्थानिय स्तरमा प्रचण्डप्रति रुष्ट एक तहका कार्यकर्ता र जनतामा प्रचण्ड झट्ट हेर्दा आफ्नो नेताको रुपमा अझै स्विकारेको देखिदैन । बेला बेला बादल समुहका केहि नेता तथा कार्यकर्ताले संघिय सरकारमा देखायका बिचारलाइ बादल समुहको असन्तुस्टि प्रचण्डको लागी तल सम्मम छ भन्ने कुरा छताछुल्ल हुन्छ ।

जुन कुरा कर्णाली प्रदेशको मुख्यमन्त्रि छनौटमा बादलको असन्तुस्टि हावी भएको थियो । यो कुरा तल सम्मम असर नपरोस भनेर पनि प्रचण्डले बादल एकजनालाइ नेता बनाएर आफु, देव गुरुङ, पम्फा भुसाल, बादल, सोनाम आदि सबैको नेता बन्ने चाहाना प्रमाणित गर्न पनि बादल छनौटमा परेका हुन । अर्को कुरा बर्षमान पुनले समय समयमा धम्किको भरमा पार्टिलाइ हाइज्याक गर्ने गलत रबैयाको बिरुद्द अहिले धम्किलाइ प्रमाणित गर्न नसक्ने ऊपयुक्त समयमा बर्षमानको साइड इफेक्ट प्रचण्डलाइ हजम हुने मौसम छानेर बादललाइ छानेका हुन ।

कारण चार: बिप्लब संग सौदाबाजि गराऊन
बिप्लवको अगाडि बादल भाबुक गफाडि भएको प्रमाणित गर्न प्रचण्डले बादल मार्फत किरण र बिप्लव दुबै मेरो स-सत्र फौजी रणनितिको आबिस्कारक म नै हु भनेर चुनौति दिन पनि सिम्वोलिक रुपमा बादललाइ छनौट गरेका हुन। अब म भन्दा पछाडि कसैले अस्त्र सहित क्रान्ति या युद्द गर्छु भन्छौ भने तिमिहरु पनि बादल जस्तै कुनै चरम सत्ताको आकंक्षामा भौतारि रहेका काग झै हौ भनेर पुस्टि गर्ने गलत तथ्य स्वरुप प्रचण्डले किरण, बिप्लवलाइ सैदान्तिक चेतावनि दिएका छन ।

यो पुस्टि हुन समय लाग्छ तर एक दिन बादललाइ आफैलाइ महसुस हुनेछ। म एक अराजक अर्धचेतको माक्सबादि किन यो युगको छोटेडनको घोडचढिमा सहभागि भए भनेर। अब नेकपा कार्यकर्ता माथि बिप्लबको राजनितिक चेतनालाइ भ्रमित पारेर ओलि र बादल मार्फत प्रचण्डले अप्रत्यक्ष रुपमा चरम दमनको निति लिनेछन।

कारण पाँच: बादल गृहमन्त्री भएको होईन, बनाएको प्रमाणित गर्न
ओलि सरकारले माओवादिबाट आएको कपडाको पुत्लालाइ पनि गृहमन्त्री स्विकार्नुपर्ने बाध्यकारि समय स्वरुप बादललाइ सहभागि गराइएको हो । बादलको ठाऊमा जनार्दन वा बर्षमान पुन जो कोहि पनि गृहमन्त्री भएको भए कुनै कुनै बिषयमा प्रचण्डलाइ समेत ओभरट्याक गरेर ओलि संग सहकार्य गर्न सक्ने हैसियत राख्थे । यो कुरा प्रचण्डलाइ अग्रिम थाहा छ । बादललाइ पुतलिको खेलौना झै फनफनि नचाऊन पाइने डमरु झै लागेपछि प्रचण्डले बादललाइ छानेका हुन। भनाइको मतलव तिमि आफ्नो क्षमता र बिबेकले गृहमन्त्रि भएको होईनौ तिमिलाइ बनाइएको हो भनेर प्रमाणित गर्न।

कारण छ: एमाले, माओको पुर्बअभ्यास
प्रचण्डले ओलिको चमत्कार देख्न चाहादैनन। ऊनको बच्चै देखिको स्वभाव आफु भन्दा कोहि जान्ने देखियो भने ऊसलाइ सबभन्दा नजिकमा ल्यार खाल्डोमा हाल्ने हो । ओलिको मन्त्रिमण्ल भित्र सायद असफल मन्त्रि वादलनै देखिनेछन। बादलको कारणले ओलिले थुप्रै अपजस खेप्न पर्ने छ। बादल रक्षामन्त्रि हुदा खेपेको अपजस अलिकति सितनको रुपमा प्रचण्ड ओलिलाइ पनि खिलाऊन चाहान्छन। ओलिको असफलतामा टेकेर आफ्नो बौदिकताको बिज्ञापन गर्ने कुरा प्रचण्डको लागि भर्जिन छ। यदि ओलि अलिक चलाख हुन्थे भने ऊनले बादललाइ अनौपचारिक कुटनिति मार्फत अरुकोहि पठाऊन पहल गर्थे, सायद यो भुल सच्याऊदा ओलिले ठुलो मुल्य चुकाऊनुपर्ने छ।

कारण सात: लोकलाइ प्रचण्डपथको प्रमाणित गर्न
संयुक्त माओवादि हुदा सबैभन्दा बलियो किरण कमरेड हुनुहुन्थ्यो, किरणको पछि बादल थिए, सिधा भन्दा किरणको दर्शनको छालामा बादलको खोलले रजाइ गरिरहेको थियो । त्यहि खोल ओढेर बादलले रत्नपार्कको खुल्ला मन्चमा प्रचण्डको चुनाबको भोट बक्समा हम्बरले फुटालेर बादलले क्रान्तिकारि प्रमणित गर्न खोजे जुनकुरा २/४ सालमा बादल कम्युनिस्टको पुत्ला भएको आँखै अगाडि प्रमाणित भयो। यो प्रचण्डपथ प्रमाणित गर्ने शान्तिवार्ता पछिको प्रचण्डको अर्को प्रयोग हो। जुनरुपमा प्रचण्ड सफल भए त्यसै रुपमा बादल असफल भए।

कारण जेसुकै होस बादलाइ सत्ताबाट थुतिएको दिन तपसिलका हिन्दि सायर खुब याद आऊनेछन ।

सवाल जहरका नहि था ,वो तो मै पि गया।
तकलिफ लोगको तब हुइ जब मै फिरभि जि गया ।

तपाईको प्रतिक्रिया