यि हुन् सम्मान पाउने गुल्मीका सफल महिला उद्यमीहरु

6

यि हुन् सम्मान पाउने गुल्मीका सफल महिला उद्यमीहरु

तिलाचन पाण्डे
गुल्मी, ९ मंसिर । जिल्लाका सफल महिला उद्यमीलाई घरेलु तथा साना उद्योग बिकास समिति गुल्मीले आज सम्मान गरेको छ ।

दोस्रो उद्योग दिबसको अबसरमा जिल्लामा क्रियाशिल ५ महिला उद्यमीहरुलाई घरेलु तथा साान उद्योग बिकास समिति गुल्मीले सम्मान गरेको हो । यसरी सम्मानीत हुनेमा शैलेस सिलाई कटाई उद्योगकी श्यामकला भलामी, रेसुङगा ढाका उद्योगकी झुपा बगाले, रेसुङगा फाईबर झोला तथा स्क्रीन प्रिन्टकी अनिषा केशी, बिएल सिलाईकटाई तथा
सम्मानित हुने महिलाहरु राष्ट्रिय महिला उद्यमी पुरस्कार प्राप्त गरेका महिलाहरु हुन् । उद्यमी महिलाहरुलाई सम्मान गर्दै कार्यक्रममा रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले महिलाहरु यसरी उद्यम सिलतामा लागेर आज सम्मान गर्न पाउदा सारै खुसी लागेको भन्दै नगरपालिकाले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका निम्ति सहयोग गर्ने बताउनुभएको छ ।
यसै गरी गुल्मी उधोग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले गुल्मीमा साना उद्योग स्थापना गर्नेको लहर चलेको र संभाबना भएकाले युवाहरु पनि बिदेशीनु पर्ने अबस्था नरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया