दुई तिहाईको दम्बा देखाएको सरकारका काला कतुर्त छिटै बाहिर आउँछन्: सभापति अर्याल

31

इस्मा गुल्मी- दुई तिहाइको दम्ब देखाएको सरकारका काला कतुर्त छिटै बाहिर निस्कने क्षेत्रिय सभापति झबिन्द्र अर्यालले बताएका छन्।

नेपाली कांग्रेस ईस्मा गाउँपालिका वडा नं ५ को आयोजनमा बनभोजको समिक्षा कार्यक्रम सम्पन्न बोल्दै अर्यालले यस्तो बताएका हुन् ।

कार्यक्रमको विशेष अथिति रहेका उनले भने, अहिले नेकपाले आफनो दुई तिहाइको दम्बा र निरंकुश  लिन लागेको छ तर नेपाली जनातको  कुनै  कदर नर्गने बताए ।

चुनावको  बेला भेडा बाख्रा जस्तै जनता किन्ने गरेको र बिकासको  हरेक कामको लागि पनि राजनिति  गरेको  समेत आरोप लगाएका उनले चुनावको बेला राजनिति गर्ने र अरु बेला सबै मिलेर बिकास कार्य गर्नु पर्ने बताए ।

साथै उनले चुनावि मैदानमा हुने हारजित भन्दा पनि  मिलेरा जनताको सेवामा लाग्नु पर्ने समेत उनले नेकपालाई आग्रह गरेका छन् ।

साथै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य नारायण प्रसाद रिजाल, वडा नं ४ का सभापति मन बहादुर दर्लामि, वडा नं २ का सभापति घनस्यम कुवाँर लगाएत ४०० जना नेपाली कांग्रेस प्रति आस्थावान जनताको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया