सिरियामा अब दैनिक पाँच घण्टा हमला रोक्ने रुसको घोषणा,सिरियामा रुसकै सहयोगमा आक्रमण भैरहेकोले पुटिनले दिए यस्तो निर्देशन

121

काठमाडौं,१५ फागुन । सिरिया हमलाले विश्वको ध्यान तानिरहेको बेला रुसले सीरियामा अब दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् ।

सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ ।

बीबीसीका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म आक्रमण रोक्ने भएको छन् ।

सीरियाको राजधानी दमास्कसको पूर्वी क्षेत्र गुटामा करिब चार लाख मानिसहरु फसेका छन् । गुटा क्षेत्र विद्रोही नियन्त्रित क्षेत्र हो र त्यहाँ रुसको मद्दतमा सीरियाको सरकारी सेनाले लगातार बमबारी गरिरहेको छ ।

बिगत आठ दिनमा गुटामा भएको आक्रमणमा परि बालबालिकासहित ५५० जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया