सरकारी कार्यालयमा पहिलो पटक प्रतक्ष्य अडियो सूचना बोर्ड

73

महेन्द्र बस्नेत | पुष २९ काठमाण्डौ | हामीले देख्न सक्छौ धेरै जसो सरकारी कार्यालयमा टासिएको नोटिस तथा डिजिटल नोटिस को आधारमा  अर्ध जानकारीले  काम चलाउनु परको प्रसस्त देखिन्छ । तर अडियो प्रतक्ष्य नोटिस बोर्ड भने देख्न सकेका थिएयनौ तर यो पहिलो पटक सेवाग्राहीलाइ ध्यानमा राखी यातायात व्यवस्था कायालय मो.सा. शाखा गुर्जुधारामा अडियो नोटिस बोर्ड राखिएको छ । बिचौला तथा दलाल हरुले धेरै नै सेवा ग्राहीलाई दुख दिने गरेको मनपर्दो पैसा असुल गरेको र अनावश्यक रकम देखाई पटक पटक सेवाग्राही लाइ दुख दिने गरेको गुनासो आएको हुदा सेवा ग्राही आफैले आफ्नो काम गर्नका लागि आवश्यक जानकारी सहित अडियो नोटिस राखिएको कार्यालय प्रमुख गणेश अर्याल ले जानकारी दिनु भयो । दैनिक हजार देखि पन्ध्र सय जना सेवाग्राहीले सेवा लिने यस कार्यालयमा सेवाग्राही को हित लाइ मध्यनजर राखी अडियो नोटिस बोर्ड राखिएको जानकारी दिनु भयो ।
धेरै नै चाप हुने ठाउ जस्तै श्रम कार्यालय, मालपोत कार्यालय र अन्य धेरै जसो कार्यालयमा मात्र टासिएको नोटिस र कतै कतै डिजिटल नोटिस ले कम चालाउनु पर्ने भएको छ । जसले गर्दा सेवाग्राहीले पूर्ण जानाकारी तथा नागरिक  वडा पत्रमा स्पष्ट सूचना नपाउदा बिचौलियाको सहायता लिनु परेको एक सेवाग्राहीले गुनासो गर्नु भयो । तर यस कार्यालय मा पहिलो पटक अडियो मार्फत सम्पूर्ण जानाकरी तथा कर्मचारीको सम्पर्क समेत रहेकोले नागरिक वडा पत्र अध्यन गर्यो भने आफ्नो काम आफै गर्न सकिने सेवाग्राही ले बताए  ।
स्मरण रहोस यस अडियो नोटिस ल्याइनु भन्दा अगी धेरै पटक थानकोट तथा बलम्बु प्रहरी ले बिचौलियालाइ पटक पटक पक्राउ गरि सार्वजनिक मुद्दा चलाई चेतावानी दिदा पनि बिचौलियाको बिगबिगी रोकिएको थिएन तर यस नोटिस बोर्ड ले सेवाग्राही स्वंयम सचेत भई आफ्नो काम आफै गर्ने  बिश्वास कार्यालय प्रमुख अर्याल ले बताउनु भयो  ।

सुन्नुहोस उक्त अडियो नोटिस बोर्ड जस्ताको तस्तै

तपाईको प्रतिक्रिया