यात्रुले पादेको पाद्यै गरेपछि बिमान आपतकालीन अवतरण

34

काठमाडौं। दुबईबाट नेदरल्यान्ड गइरहेको एउटा बिमानलाई अष्ट्रेलियाको विएना सहरमा आवतकालीन अवतरण गरिएको छ ।

एकजनाले लगातार पादे पछि बिमानमा रहेका अन्य यात्रुले गुनासो गर्दा यस्तो अवस्था आएको हो । ‘न्यूयोर्क पोस्ट’ ले यसलाई ‘फार्ट अट्याक’ को संज्ञा दिएको छ । खबरमा भनिएको छ, सस्तो विमान सेवाका नामले कहलिएको ट्रांसेविया एयरलाइन्समा यो घटना भएको हो ।

एकजनाले पटकपटक ग्यास छाड्न थालेपछि अन्य यात्रुले दुर्गन्ध फैलिएको भन्दै गुनासो गरेका थिए । विमानमा यात्रारत चार यात्रीका बीचमा पादेकै बिषयले हात हालाहालको अवस्था श्रृजना भएको थियो ।

अवस्था बिग्रदै गएपछि चालक दल आपतकालीन अवतरण गराउन बाध्य भएको खबर छ । एयरपोर्टमा अस्ट्रेलिया प्रहरीले पक्राउ गरेपनि कुन कानून अनुसार कारवाही गर्ने भन्ने बिषयमा भेउ नपाउदा छाडिएको थियो ।

तपाईको प्रतिक्रिया