मृत घोसित गरेको १० घण्टापछि घाटमा ब्युँझिइन् कैलादेवी, भिडियो सहित

87

सुन्दा पत्याउनै गार्हो तर पूरा खबर पढेपछि पत्याउने नपत्याउने तपाइको निस्कर्ष। एक ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् । यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले मरेर यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् ।

भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ का दिन मृत्यु भयो । वृद्धाको मृत्यु भएपछि उनका परिवार तथा गाउँलेले उनलाई जलाउनका लागि घाटमा लगे । तर घाटमा लगेर राखिसकेपछि जब उनको शवदाह गर्ने तयारी भैरहेको थियो मलामीले उनको शरीर चलेको देखे । पछि हेर्दा त उनी ज्युँदै भएकोपाइयो । घाटमा ठूलै हंगामा भयो ।

मानिसहरु थरथरी काँप्न थाले । मरेको मानिस कसरी बाँचेर आयो ? भनेर सबै छक्क परे । कैलादेवीलाई हेर्नेको घुइँचो लाग्यो ।अाखिर मरिसकेको मानिस कसरी बाँच्न सम्भव भयो ? मानिसहरुले कैलादेवीलाई अनेक खालका प्रश्न गरे । कैलाले पनि सबैलाई छक्क पार्ने जवाफ दिइन् । कैलाका अनुसार मरिसकेकी उनलाई यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडिदिएका हुन् ।

आफुलाई धर्तीमा छाड्न यमराज स्वयं आएको उनको दाबी छ । कैलाका अनुसार जब उनी मरेर परलोक पुगिछन् तब त्यहाँ यमराजका दूतहरुले उनको जिवन मरण सम्बन्धी कागजात हेरेछन् । कागजात हेर्दा त उनको मृत्युको समय अझै नआएको ठहर गरिएछ र यमराज आफैले उनलाई धर्तिमा ल्याएर ज्यँुदै छाडेछन् ।

आखिर ती वृद्धाको उपचारका लागि घरमै आएका डाक्टरले नै मृत घोषित गरेर जलाउनका लागि घाटमा लगिएकी कैला देवी घाटमा एक्कासी कसरी ब्युँझिइन् र उनले दाबी गरेका परलोकका कुरा कत्तिको सत्य हुन् ? त्यो चाहीँ रहस्यको गर्भमै छ

सुन्दा पत्याउनै गार्हो तर पूरा खबर पढेपछि पत्याउने नपत्याउने तपाइको निस्कर्ष। एक ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् । यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले मरेर यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् ।

भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ का दिन मृत्यु भयो । वृद्धाको मृत्यु भएपछि उनका परिवार तथा गाउँलेले उनलाई जलाउनका लागि घाटमा लगे । तर घाटमा लगेर राखिसकेपछि जब उनको शवदाह गर्ने तयारी भैरहेको थियो मलामीले उनको शरीर चलेको देखे । पछि हेर्दा त उनी ज्युँदै भएकोपाइयो । घाटमा ठूलै हंगामा भयो ।

मानिसहरु थरथरी काँप्न थाले । मरेको मानिस कसरी बाँचेर आयो ? भनेर सबै छक्क परे । कैलादेवीलाई हेर्नेको घुइँचो लाग्यो ।अाखिर मरिसकेको मानिस कसरी बाँच्न सम्भव भयो ? मानिसहरुले कैलादेवीलाई अनेक खालका प्रश्न गरे । कैलाले पनि सबैलाई छक्क पार्ने जवाफ दिइन् । कैलाका अनुसार मरिसकेकी उनलाई यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडिदिएका हुन् ।

आफुलाई धर्तीमा छाड्न यमराज स्वयं आएको उनको दाबी छ । कैलाका अनुसार जब उनी मरेर परलोक पुगिछन् तब त्यहाँ यमराजका दूतहरुले उनको जिवन मरण सम्बन्धी कागजात हेरेछन् । कागजात हेर्दा त उनको मृत्युको समय अझै नआएको ठहर गरिएछ र यमराज आफैले उनलाई धर्तिमा ल्याएर ज्यँुदै छाडेछन् ।

आखिर ती वृद्धाको उपचारका लागि घरमै आएका डाक्टरले नै मृत घोषित गरेर जलाउनका लागि घाटमा लगिएकी कैला देवी घाटमा एक्कासी कसरी ब्युँझिइन् र उनले दाबी गरेका परलोकका कुरा कत्तिको सत्य हुन् ? त्यो चाहीँ रहस्यको गर्भमै छ |

हेर्नुहोस  भिडियो सहित

तपाईको प्रतिक्रिया