इस्माको कृषिमा दिर्घकालिन नीतिको खाचो – जनप्रतिनिधि धान दिवसमा १ दिन हिलो खेलेर हुदैन समाधान

105

असार १७ | इस्मा न्युज डट कम | असार १५ अर्थात धान दिवसको अवसर पारेर इस्मा गाउँपालिकाका जनप्रतिनिधि सुक्का-बुक्का हिलोमा बर्ष को एक दिन त्यो पनि टनटलापुर् खडेरी मा धान दिवस मनाएरहेको देख्दा कुनै कमेडी शो भन्दा कम दृश्य देखिएको थिएन । मानौ त्यहा एक तस्बिर बिमोचन कार्यक्रम हुदै थियो , कोइ हात मा २ सरा धान समाएर आली मा उभिएका थिए भने कोइ आफ्नो सुकुला कपडा हिलो बाट बचाउने प्रयास गर्दै थिए कोइ असारे गित को धुन मा ताल मा ताल मिलाई रहेका थिए , त्यहाँ जनता को कृषि बाट हुने वर्ष दिन को घाटा “मानो रोपेर मुरी फलाउने” दिनमा खडेरी परेर कृषक चिन्तामा परेको भान कसैलाई थिएन बस थियो त बाजा घाजामा जनप्रतिनिधिको  नसुहाउधो देखावटी हिलो दिवस ।

तस्विर: टोपलाल अर्याल गुल्मी न्युज

इस्मा गाउँपालिका ६ अन्तर्गत चौरासी फाटमा असार १५ मा गरिएको धान दिवसको कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम मा इस्मा गाउँपालिका पधादिकारीहरुको नछुटाई उपस्थिति थियो ।  यसरि बर्षको एक दिन धान दिवस मानाउनु भन्दा कृषि उत्पादनमा सिचाई तथा नहर को दिर्घकालिन व्यवस्था गरि कृषिमा अग्रगामी नीति तथा कार्यक्रम दिई कृषकको खुसिमा बार्है महिना कृषि दिवस मनाए बल्ल कृषिमा अग्रगामी छलांग मार्ने सर्वसाधारण को गुनाशो तथा अपेक्षा देखिन्छ ।

हेरौ उक्त कार्यक्रम को छोटो भिडियो । भिडियो – फेसबुक Bishnu Sapkota

तपाईको प्रतिक्रिया