धुर्कोट वस्तुमा आफ्नै दाजुद्धारा वालात्कृत चेलीको बिचल्ली, दाईलाई जेल हालिस् भन्दै घरपरिवारबाट असहयोग

277

प्रेम सुनार
गुल्मी, वैशाख १२ ।आज भन्दा ठिक एक महिना अघि गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजुद्धारा १६ वर्षिया किशोरी वलात्कृत भएकी थिईन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् ।

आफ्नै दाजुद्धारा जवरजस्ती करणीको मुद्धा जिल्ला प्रहरी कार्यालय मार्फत अदालतमा दायर गरेकी थिईन । मुद्धा दायर गरेर निज दाजु पुर्पक्षका लागि कारागार चलान भए पछि घर परिवारले दाजुलाई जेल हालिस भन्दै घरमा वस्न खान नदिएको र आफु अध्ययन गर्नबाट बञ्चित हुने अवस्थामा आई पुगेको ति किशोरीले बताईन् ।

“मुद्धा दिन सघाउ गरेका ठुला दाजुले समेत अहिले सर्पोट गर्न छाड्नु भयो”, ति किशोरीले भनिन्, “बृद्ध आमा आफै विरामी हुनुहुन्छ म तम्घासमा बसेर कक्षा ९ मा पढ्दै आएकी थिएँ, अहिले त स्कुलको फि समेत बुझाउन नसकेर वसेकी छु ।” “सवैबाट सहयोग नभए मैले स्कुल छाड्नु पर्ने भयो”, उनले थपिन् ।

जिल्ला प्रहरी कायालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार निज वलात्कारी दाजु पुर्पक्षका लागि कारागार थुनामा परेका छन् ।

निजलाई कडा भन्दा कडा सजाएँको माग गर्दै यहाँका विाभिन्न महिला संगठनहरुले जिल्ला प्रशासनमा डेलिगेशन समेत गएका थिए । वलात्कृत वहिनी त्यस घरकी कान्छि छोरी हुन् भने बलात्कार गर्ने दाजु परिवारका माईलो छोरा हुन् ।

त्यस अघि पनि निजले उनको शरिर सुम्सुमाउने र वलात्कारको प्रयास गर्ने गरेको ति वहिनीले बताएकी छन् ।

तपाईको प्रतिक्रिया