प्रथम इस्मा गाउँपालिका स्तरिय तीज गीत प्रतियोगिता

132

गुल्मी, २५ भदौ । इस्मा गाउँपालिकाको आयोजनामा प्रथम गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका भित्रका प्रत्येक वडाबाट दुई उत्कृष्ट समुहले प्रतियोगीतामा सहभागिता जनाएका थिए ।

१२ समुहको रोचक प्रतिस्पर्धामा दिप किरण आमा समुह वडा न १ प्रथम, देबिस्थान महिला बचत समुह वडा न १ द्धितिय, दिपाञ्जली युवा समुह वडा न ४ तृतीय र राधाकृष्ण कृषि समुह वडा न १ सान्त्वना भएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । त्यस्तै खडग भैरब युवा क्लबले उत्कृष्ट नृत्य प्रस्तुत गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय, सान्त्वना र उत्कृष्ट हुनेले १६ हजार, १३ हजार ५ सय, १० हजार ७ सय, ८ हजार र ४ र ४ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन ।

पुरस्कार प्रमुख अतिथि गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले प्रदान गरे । पुरस्कार वितरण गर्दै बिष्टले धर्म, सँस्कृती, रितिरिवाज र मुल्य मान्यता हाम्रा अमुल्य निधी भएकाले त्यसको संरक्षण र सम्बद्र्धनका लागी यो प्रतियोगिताको आयोजना गरिएको बताए । उनले तिजमा मौलिकता हराउन नहुनेमा समेत जोड दिए । प्रतियोगितामा लोक दोहरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्त, उपाध्यक्ष टिकाराम पोखरेल साहित्य र सहसचिव भुवन भुसालले निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगिता मुल आयोजक समिती संयोजक तथा गाउँपालिका उपप्रमुख बिमला खत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत चन्द्रकान्त बस्नेतले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगितामा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि एबं सरोकारवालाको सहभागीता रहेको थियो । प्रतियोगिताको बिचबिचमा बाल कलाकार कुशुम अर्याल, आयुषा कौशलको मनमोहक नृत्य तथा घनश्याम खत्री, अर्जुन कौशल, अजित सुनार लगायतका कलाकारहरुको सांङतिक प्रस्तुति रहेको थियो ।

इस्मा गाउपालिका स्तरिय तिजगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल टिमको प्रस्तुति ।

भिडियो : सिद्धार्थ डिजिटल (धनेन्द्र खत्री )

तपाईको प्रतिक्रिया