इस्माली समाज काठमाण्डौ को आयोजनामा मावि स्थारिय हाजिरीजवाफ प्रतियोगिता

47

महेन्द्र बस्नेत|काठमाण्डौ – २७ पुष | इस्माली समाज काठमाण्डौ को आयोजनामा इस्मा गाउपालिका अन्तर्गत मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता  हुने भएको छ ! गत बर्ष जस्तै यस बर्ष पनि इस्मा गाउपालिका का सबै वडाका मावि हरुलाई समेटी हाजिरी जवाफ प्रतियोगिता यहि माघ ११ गते सुक्रबारक दिन  श्री ओम प्रकाश मावि अम्मरपुरमा हुने इस्माली समाज काठमाण्डौका अधक्ष्य श्री दामोदर भण्डारी ज्युले  जानकारी दिनु भयो | उक्त कार्यक्रमलाइ समन्वयन गर्दै समाजका  अधक्ष्य श्री दामोदर भण्डारी र कोषाधक्ष्य श्री शिवलाल खड्का ज्युको नेत्तृत्वमा उक्त कार्यक्रम गरिने कार्यक्रममा प्रमुख अथिति, (जि.स.स.) अधक्ष्य  श्री लक्ष्मण पराजुली विशिष्ट अथिति  इस्मा गाउपालिका का प्रतिनिधि अधक्ष्य श्री लक्षमण बिष्ट समन्वयन कर्ता श्री लाल बहादुर कुँवर र संचारकर्मी टोपलाल अर्याल रहने गरि सम्पूर्ण गृहकार्य गरेको कुरा कोषाधक्ष्य  खड्काले बताउनु भयो | यस कार्यक्रमका बिजेतालाई प्रथम पुरस्कार रु. ५०००/- प्रमाणपत्र र रनिङ सिल , द्वितीय पुरस्कार रु. ३०००/- र प्रमाणपत्र  तृतीय पुरस्कार रु. २०००/- र प्रमाणपत्र  रहेको  छ । सहभागी सम्पूर्ण बिद्यालयका छात्र छात्रा लाई प्रमाणपत्रको ब्याबस्था गरिएको  छ । गत बर्ष श्री आनन्दपुर मावि ले ओगटेको रनिंग सिल यस पटक प्रथम हुने बिधालय ले प्राप्त गर्ने छ |

यस कार्यक्रमले सम्पूर्ण इस्माका विधार्थीहरुमा  उत्साह र अध्यनको मनोबल मा बृदी गर्ने  शिक्षाको दिवो सम्पूर्ण बिधार्थी मा बोल्ने बिश्वास अधक्ष्य भण्डारी ले ब्यक्त गर्नु भयो ! गत बर्ष यस हाजिरीजवाफ प्रतियोगीताको सम्पूर्ण बिधालय र बुद्दिजीवी सर्कलहरुले उत्साहका साथ शुभ कार्यको प्रशंसा समेत गरेको जिकिर  गर्नु भयो |

इस्माली समाज  काठमाण्डौ ले अब गरिने समाज को बार्षिक कार्य तालिकामा इस्माका सम्पूर्ण  वडा तथा नगर हरुमा बिभिन्न शैक्षिक र जन चेतना मुलक काम गरि समाज सुधार इस्मा को उन्नति र प्रगतिमा सम्पूर्ण इस्मलाई समेटी विविध कार्यक्रमहरु राखिने कुरा अधक्ष्य भण्डारी ले जानकारी दिनु भयो  !

तपाईको प्रतिक्रिया