इस्मा गाउँपालिका ५ रजस्थलमा गाउँपालिकाकै सबै भन्दा ठुलो खेल मैदान बन्ने !

इस्मा गाउँपालिकाकै ठुलो खेल मैदान बनाउने लक्ष

475

महेन्द्र बस्नेत इस्मा,जेष्ठ ८ । इस्मा गाउँपालिका अन्तर्गत इस्मा ५ न. वडामा पर्ने इस्मा रजस्थल देशाल्पुज्ने डांडा मा गाउँपालिकाकै सबै भन्दा ठुलो खेल मैदान भन्ने भएको छ । इस्मा गाउँपालिकाको गाउ विकास  बजेट बाट पारित भएको उक्त खेल मैदानमा रु. ५,०००००/- रु. पाच लाख बराबरको बजेट खर्च हुने छ भने उक्त निर्माण कार्यमा १० प्रतिशत स्थानीय जन शक्ति को सहयोग पनि  मिल्ने छ ।

कार्यालय देखि अनुमानित १ कि मि को दुरी मा रहेको  यस खेल मैदान निर्माण संगै इस्माका सम्पूर्ण खेल प्रेमी खेलाडी हरुलाई प्रतक्षरुपमा यस मैदान बाट लाभ हुने छ भने संगै रजस्थलमा रहेको श्री आननादपुर मा वि लाइ भने शत प्रतिशत यस खेल मैदान ले सहयोग गर्ने छ । गाउँपालिकाकै नाम मा रहेको जग्गा देशाल्पुज्ने डांडामा बन्न लागेको खेल मैदान को निरीक्षणतथा सर्वे कार्यक्रम गाउँपालिका कि उपाधक्ष्य  बिमला खत्री तथा सदस्य नारायण पैयानी र स्थानीय को उपस्थितिमा सर्वे सम्पन्न भएको  छ भने छिटै मैदान निर्माण कार्य थाल्ने भनिएको छ  । अहिले भर्खरै धेरै ठुलो खेल मैदान बनाउन सक्ने अवस्था तथा बजेट नभएको हुँदा आगामी बर्षहरुमा  यस खेल मैदानलाइ  इस्मा कै सबै भन्दा ठुलो खेल मैदान तथा (स्टुडियम) बनाउने र सम्पूर्ण किसिमका खेल खेल्न मिल्ने  हिसाब ले निर्माण गर्ने कुरा गाउँपालिकाका   सूचना तथा संचार प्रविधि अधिकृत बाबुलाल थापाले जानकारी दिनु भयो  ।

हेर्नुहोस उक्त खेल मैदान निर्माणका लागि सर्वे गरिरहेको स्थल:

बाकि तस्विर हेर्न गाउँपालिकाको आधिकारिक वेबसाइट www.ishmamun.gov.np हेर्न सक्नु हुनेछ !

यो पनि पढ्नुहोस ! 

— गुल्मीमै पहिलो पटक इस्मा गाउँपालिकामा जिवन प्रशिक्षण तालिम 

— इस्मा पाहकटेरीमा स्थानिय जनसमुदायबाट स्थानिय स्तरमै आधुनिक प्रतिक्षलयको निर्माण

— इस्मा गाउँपालिका १ हस्तिचौरको आतिथ्यतामा गुल्मीमा ३४ औं जिल्ला स्तरीय जुनियर रेडक्रस गोष्ठी सम्पन्न

 

तपाईको प्रतिक्रिया