इस्माका बिद्यार्थीहरुलाई लागु औषध, यौन दुव्र्यवहार र घरेलु हिंसाका बिषयमा सचेत बनाइदै

जेठ ३ गते अम्मरपुरका मावि र हस्तिचौरका थप दुई माविमा सचेतनामुलक कार्यक्रम गरिने

64

टोपलाल अर्याल
गुल्मी, ३० जेठ । इस्मा गाउँपालिकाका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई लागु औषध, यौन दुव्र्यवहार, घरेलु तथा महिला हिंसाका बिषममा अभिमुखिकरण गरिएको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको हिमालय मावि र वडा नं ४ को रामराज्य माविमा कार्यक्रम संचालन भएको थियो ।

ठाढुङ्गा मावि र हिमालय साथै आनन्दपुर मावि र रामराज्य माविका कक्षा ९, १० र १२ का बिद्यार्थीहरु तालिममा सहभागी भएका थिए । तालिममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर खत्री र उमेश थापा, जिल्ला अदालतकी नायव सुब्बा सिता घिमिरे, सृजनशिल सामुदायिक विकास केन्द्रका मानव अधिकार अधिकृत गणेश श्रेष्ट, एभिन्युज टेलिभिजनकर्मी जर्नादन घिमिरे र नयाँ पत्रिकाकर्मी टोपलाल अर्याललले लागु औषध, यौन दुव्र्यवहार, घरेलु तथा महिला हिंसाका बिषममा सकजीकरण गरेका थिए ।

कार्यक्रमलाई उढ्घाटन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बिद्यार्थी मार्फत परिवार सचेच बनाउन स्कुल शिक्षा संचालन गरिएको बताए । बिष्टले तालिममा सिकेका कुरा सहपाठी र परिवारकाबिचमा उपयोग गर्न सवै बिद्यार्थीलाई आग्रह गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमला खत्री, वडाध्यक्ष चुरा बहादुर खत्री, बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष, बिद्यालयका प्रचार्य र शिक्षक लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सुकर्म फाउण्डेशनले सहजिकरण गरिरहेको छ । जेठ ३ गते अम्मरपुरका मावि र हस्तिचौरका थप दुई माविमा सचेतनामुलक कार्यक्रम गरिने छ ।

 

तपाईको प्रतिक्रिया