माइतीको झल्को मेटाउँदै इस्मा गाउँपालिका, ८० बिपन्न दलित महिलालाई दर

135

टोपलाल अर्याल Isma Rajasthal 
गुल्मी, २६ भदौ । मंगलबार तीजको बिशेष दिन एकभक्ते । धेरै दिदि बहिनी माइत पुगे । मिठो मसिनोसंगै खुसी थुप्रै चेली आजको एकभक्तेको साँझसम्म माइत पुग्छन् । एकभक्तेलाई दरखाने दिनका रुपमा चिनिन्छ । रातभर रमाइलो गरि दर खाने भएकाले यो बिशेष हो । तर न माइत पुगेर दर खान सक्ने न घरमै दर खानेहरुका लागि यो दिन बेरसिलो बन्छ । त्यसैले यो बर्ष इस्मा गाउँपालिका त्यस्ता चेलीका लागि माइती बनेको छ । जसले त्यस्ता थुप्रै बिपन्न दलित महिलाहरुलाई बोलाएर दर खुवाएको छ । Isma Rajasthal 

इस्मा गाउँपालिका ५ की अनकला विक उमेरले ६० नेटो काटिन् । उनी अहिले घरमा एक्लै छन् । पाँच बर्ष अघि श्रीमान बिते । छोरा छैनन, छोरी सवैको बिहे भयो । झुप्रे घरमा कुप्रे जीवन धानेकी तीजले खासै छोएको छैन् । उनले दर नबुझेको होइन् । तर अवस्था छैन । माइत नपुगेकै धेरै भए । ‘माइत नगएका धेरै बर्ष भए, माइतमा पनि केहि छैन,’उनले भनिन,‘घरमा पनि एक्लै छु, एकलकाटेलाई केहि चाहिएन ।’ यो बर्ष मुना विक पनि माइतमा गइनन । उनी आमा बिनाको माइत निरश हुने बताउँछिन् । ‘सवै चाड पर्व पैसाले रैछ खुसी बनाउने,’उनले भनिन,‘खर्चको डरले मिठो दर खोसिएको छ ।’ आर्थिक अवस्था कम्जोर भएका कारण कैयन बिपन्न परिवारका चाड पर्व निरश बन्ने गरेका छन् ।  Isma Rajasthal 

सोहि अवस्थालाई मध्ये नजर गर्दै इस्मा गाउँपालिकाले एउटा उदाहरणिय कार्यको शुरुवात गरेको छ । मंगलबार तीजको बिशेष दिन एकभक्तेको अवसर पारेर झण्डै ८० जना बिपन्न दलित महिलाहरुलाइ दर खुवाएको छ । दलित समुदायको बाहुल्यता रहेको इस्मा गाउँपालिका ५ डाँडीपोखरीमा विपन्न दलित महिलाहरुलाई दर खुवाएर उनीहरुसंगै गाउँपालिकाको टोलीले रमाइलो गरेको थियो । जसका कारण आफुहरुलाई माइतको झल्को मेटिएको वडा सदस्य समेत रहेकी पार्वता विकले बताइन् । Isma Rajasthal 

इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, उपाध्यक्ष बिमला खत्री, गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चन्द्र कान्त बस्नेत, वडा नं ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारी, वडा नं ३ का कार्यबहाक अध्यक्ष शिर बहादुर कुवंर, वडा सदस्य नारायण पैयानी, कार्यपालिका सदस्य कमला सुनार सहितको टोलीले दिनभर महिलाहरुलाई आत्मियता प्रदान गरि नाचेर रमाएका थिए । यो कामले छुवाछुतको अन्त्यका साथै महिलाहरुमा खुसीको बहार थप्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बताए । उनले गाउँपालिकाका विभिन्न वडाका बिपन्न महिलाहरुलाई जुटाउने आफुहरुको योजना भएपनि विभिन्न बाहानामा सचेत व्यक्ति पनि उपस्थित नभएको गुनासो गरे ।  Isma Rajasthal 

गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बिपन्न दिदिबहिनीहरुको खुसीका लागि आफु माइत नगएर कार्यक्रम राखेको बताइन् । उनले यो कार्यक्रमले दिदिबहिनीमा सचेतना र खुसी दुवै दिलाएकाले आगामी दिनमा अझै परिष्कृत गरेर अगाडी बढाउने बताइन् । उनले अझै पनि बुद्धिजिबी वर्गमा छुवाछुत प्रतिको धारणा बलियो बनेर रहेकाले जनप्रतिनिधीनै यो कार्यक्रममा सहभागी बन्न नसकेकोमा दुख व्यक्त गरिन् । त्यस्तै नेकपाका नेता समेत रहेका गाउँ सभा सदस्य नारायण पैयानीले कम्युनिष्ट नेताहरुमै व्यावबहार भन्दा सिद्धान्त र आदर्श बढि भएको बताए । उनले यो कार्यक्रम एउटा टोलको बिषय नभएर समग्र देशको लागि उदाहरणको रुपमा रहेको बताए । Isma Rajasthal 

तपाईको प्रतिक्रिया