बढीगाढ खोला मा जीप खस्दा इस्मा दोहालिका १४ जनाको गयो ज्यान

1842
Photo Source : Janata samachar

मंगसिर १७ | इस्मा| गुल्मी इस्मा दोहली बाट कुल पूजाका लागि बागलुङको देवीस्थान जादै  गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मी इस्मा दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।

नम्बर नखुलेको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ ।

बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार एक बालक सहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।

दोहलीका समाजसेवी विष्णु सुनारका अनुसार इस्मा गाउँपालिका–४ साविकको दोहली गाविस–७ पैयापाटाबाट एक परिवार कुल पुजाका लागि बाग्लुङतर्फ जाँदै थिए । सोही गाडी दुर्घटनामा परेको हो ।

थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया