चर्चित गायिका बिष्णु माझी तथा इस्माली सर्जक रामु जि सि को शब्दमा लोकगित “आश्रममा भेटे” बजार मा

238

नेपाली लोक गित सङ्गितको क्षेत्र  मा आफ्नो छुट्टै पहिचान बनाइ सक्नु भएका गुल्मेली गायक तथा सर्जक रामु जि सि को शब्द रचना मा भर्खर बजारमा आएको  नंया लोक दोहारी गित “आश्रम” नामक लोक दोहोरी गित बजार मा आएको छ । छोटो समयमा नै यो गित ले धेरै भन्दा नि धेरै दर्शकको मन जित्न सफल पनि भएको छ । न्यु गुल्मेली रोधी साझ को प्रस्तुति मा बजारमा आएको यो लोकगित मा अहिले सम्मकै बहुचर्चित गाइका बिस्नु माझी र सन्जु दोस को रहेको छ भने लय- गनेश  अधिकारी को छ भने शब्द-  रामु जिसि को रहेको  छ  । यो गितमा मार्मिक शब्द तथा  साहित्य शब्द रहेको शब्द संकलक रामु जिसि ले जानकारी दिनु भएको छ ।

को हुन त रामु जिसी ? 

गुल्मी जिल्ला इस्मा गाउँपालिका “जुकेपानी”  मा जन्मेर हाल बैदेशिक रोजगारको शिलशिलामा  दुबई मा बस्दै आउनु भएको छ । बिदेश मा बसेर पनि लोक दोहोरी लाई अतिनै माया गर्ने जिसी ले अहिले सम्म धेरै गित मा शब्द र स्वर दिई सक्नु भएको छ उहाँ आफैमा अत्यन्त मेहनती र लगनशील  हुनुहुन्छ । उहाँ को भनाइ गित भनेको सबै दर्शकको मन छुने ,प्रष्ट  बुज्ने र गाउन सहज हुने खाल का गित बनायो भने गित चल्ने सम्भावना बढी  हुन्छ । यस्तै बिषयलाई मध्यनजर  गरि हामी ले यो गित बजार ल्याएका छौ  उहाले भन्नू भयो भने गित गरे राम्रो गित गर्छु होइन भने गित नै गर्दिन गित गरेर गरेजस्तो भयो भने अनि मजा आउँछ लगानी गरेर आउने केहिछैन जान्छ आउदैन कसरी धान्न सकिन्छ एसरी यो क्षेत्रमा  सकियो अबत आश्रम को बाँस होला जस्तो छ उहाले इस्मा न्युज संग गुनाशो गर्नुभयो अहिले को अवस्थामा गित संगित बाट जीविकोपार्जन गर्न अति नै गाह्रो  छ यो क्षेत्रमा लगाउनु भनेको वालुवामा  पानी खनाएजस्तै हो । तरपनि गित संगीत लाई माया मर्न सकिदैन । त्यसैले हामि यो गित बजार मा ल्याएका छौ छोटो समयमा नै  दर्शक  को  माया ले राम्रो प्रगति भएको अनुभव गर्न सक्छौ लोक पारखी को माया पाए यस्तै यस्तै धेरै भन्दा धेरै गित बजारमा ल्याउने प्रतिबद्धता गर्दछु । संगीत मा लय भन्दा पनि शब्द लाइ ध्यान दिएर सुन्नुहोस शब्द ले मन छोए त्यसलाई आफ्नो साथि माझ share गर्नुहोस । धन्यवाद

हेर्नुहोस उक्त गित को भिडियो ।

तपाईको प्रतिक्रिया