इस्मा गाउँपालिका का सबै वडा मा बुझायो नेपालि कांग्रेसले माग पत्र

इस्मा गाउँपालिकाले अहिलेसम्म आफ्नो केन्द्र तोक्न किन सकेन ?

100

इस्मा गुल्मीः Nepali Congress Isma नेपाली कांग्रेस इस्मा गुल्मीले गाउँपालिका संगै सबै वडाहरुमा माग पत्र बुझाएको छ ।

इस्मा गाउपालिकामा भएका योजना तर्जुमामा सहभागिता  सार्वजनिक सुनाइ कार्यक्रममा प्रतिपक्ष दललाई नबोलाएको भन्दै नेपाली कांग्रेस गुल्मीले सबै वडा देखि गाउँपालिकामा माग पत्र बुझाएको हो । Nepali Congress Isma

गाउँपालिकामा विभिन्न योजनाहरुको बारेमा जानकारी गराउन भन्दै र गाउँपालिकामा सम्पुर्ण कामहरु आफुलाई जानकारी बनाउनको लागि माग पत्र बुझाएको नेपाली कांग्रेस इस्मा गाउँपालिका प्रमुख चन्द्र वहादुर महतले जानकारी दिए ।

जागरण कार्यदलले सबै वडामा जनता आवास कार्यक्रममा जस्ता पाता प्राप्त व्यक्तिको विवरण, साना योजनाका सम्पूर्ण विवरणहरु, बजेटबाट वडामा भएका सम्पूर्ण योजनाहरु, रकमान्तर योजनाको विवरण, संचालित योजनाहरु बुझाएको छ ।

Nepali Congress Isma

त्यस्तै केन्द्रीय र प्रदेश तहका सम्पूर्ण योजनाहरु, सांसद विकास कोषबाट संचालित योजनाहरु यो आर्थीक वर्ष र गत आर्थीक बर्षमा भएका सम्पूर्ण गतिविधिहरु जानकारी गराइदिन भनी मागपत्र बुझाएको छ ।

गाउँपालिकामा कुनै पनि योजनाको सार्वजनिक सुनुवाइ नभएको, बजेटको सहि व्यवस्थापन गर्न नसकेको, प्रतिपक्षलाई कुनै जानकारी नगराएको, कुनै तालिमका कार्यक्रममा आफ्ना निकट व्यक्ति राखेको भन्दै मागपत्र सहित नेपाली कांग्रेस जागरण कार्यदलले गम्भीर ध्यानाकर्षण गराएको हो ।

नेपाली कांग्रेस इस्मा गाउँपालिकाले आइतबार गाउँपालिकाका सबै वडामा पुगेर मागपत्र पेश गरेको जागरण कार्यदल संयोजक कृष्ण प्रसाद रिजालले जानकारी दिए ।

इस्मा गाउँपालिकाले अहिलेसम्म आफ्नो केन्द्र तोक्न नसकेको, प्रतिपक्षलाई कुनै कार्यक्रम (योजना) तालिम र बैठकमा पनि कुनै जानकारी नदिइकन एकलौटी हिसाबले अगाडि बढेको आरोप उनीहरुले लगाएका छन् ।

साथै जनताको मर्म नबुझी योजना अगाडि बढाएको गाउँपालिकाले दिने रोजगारमा प्रतिपक्षमाका कुनै व्यक्ति सहभागी नगराएको लगायतका बिषयमा पनि नेपाली कांग्रेस इस्मा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएकोले माग सहितको पत्र बुझाएर आफुले बुझ्न खोजेको इस्मा गाउँपालिका कांग्रेस प्रमुख चन्द्र महतले जानकारी गराए ।

नेपाली कांग्रेस इस्मा गाउँपालिकाले मागपत्र बुझाएपछिको प्रतिक्रिया कस्तो दिन्छ, त्यसको आधारमा आफु अगाडि बढ्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

सबै वडामा मागपत्र बुझाए पछि समिक्षा कार्यक्रममा कांग्रेसले कुनै वडामा सबै जानकारी गराउन अलिक झन्झट मानेको र जनप्रतिनिधिहरुले आफ्ना कर्तव्य भुलेको इस्मा कांग्रेसले आरोप लगाएको कुरा नेपाल तारा डट कम ले आफ्नो वेब साइट मा लेखेको छ  ।

तपाईको प्रतिक्रिया