महेन्द्र बस्नेत  ,काठमाडौं । इस्माली लोक तथा दोहरी गायक “बिनय खत्री” को नया तिज गित “भुरुरु उडेर गयो बरिलै” नाम को अति नै रमाइलो तिज गित अहिले सर्वाधिक  चर्चामा रहेको छ १०/१२ दिन अघि सार्वजनिक भयो उक्त गित ले छोटो समयमा नै सर्वाधिक  लोक प्रिय बन्न पुगेको छ । म्युजिक नेपाल को युटुब मार्फत सार्वजनिक उक्त गित १० दिन मै ७० हजार भन्दा बढी ले हेरेका छन् भने ५० भन्दा बढी उत्साह पूर्ण प्रतिक्रिया पाएको छ  ।  गायक विनय खत्रीको र गायिका स्मारिका खत्रीको  स्वरमा रहेको नेपाली  नारीहरुको महान पर्व हरितालिका तिज लक्षीत गीतको ‘भुरुरु उडेर गयो बरिलै’ बोलको भिडियो सार्वजनिक भएको हो । मौलिक भाकाका सिर्जनामा भन्दा पनि मनोरञ्जनात्मक भिडियोलाई गीतको माध्यमबाट दर्शक माझँमा समेटन पाउदाँ आफुहरुलाई खुशी लागेको गायक विनयले बताए । अहिलेको परिवेश मौलिक पना भन्दा पनि अर्ध नग्न नाच र लोक गित कै बद्नाम हुने गरि निस्कने  भएको हुदा हामि त्यस्ता  गित को घोर बिरोध गर्दै त्यस्ता गितको भन्दा बेग्लै मौलिक पन तथा आफ्नै परिवेश झलाकाउने गित सार्वजनिक गरेको गायक खत्री बताउछन ।

गीतमा मौलिक शब्द तथा सर्बोकृष्ट  लय सिर्जना नेत्र अर्यालको रहेको भिडियोमा ख्याति प्राप्त मोडल रविन्द्र थापा , रिना थापा र दामोदर सर्वोकृष्ट अभिनय रहेको छ । आशिष जिम्वाले छायाँकन गरेको भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन । गीतको मर्म अनुसार बावु जिम्वाले निर्देशन गरेका छन ।

हेर्नुहोस उक्त भिडियो यहाँ ।

 

नोट: यो भिडियो यहाँ Play हुन् नसके यहाँ YouTube  मा क्लिक गरि आधिकारिक Chanel बाट हेर्न अनुरोध गर्दछौ !

तपाईको प्रतिक्रिया