कार्यालय समयमा कर्मचारी को यस्तो मस्ती ! भिडियो भाइरल भएपछि जागिरबाट निष्काशित (भिडियो)

76

भारत उत्तर प्रदेशको पल्हनीमा दुई कर्मचारीहरु कार्यालय समयमा नाचेका कारण उनिहरुले यसको मूल्य आफ्नो जागिर गुमाएर चुकाउनु परेको छ । यी कर्मचारीहरु पल्हनीको शिक्षा कार्यालयमा नाचिरहेका थिए । उक्त नाचिरहेको भिडियो सामाजिक संजालमा भाइरल समेत भएको थियो ।

उत्तर प्रदेशको आजमगढको पल्हनीमा दुई कर्मचारी नाचेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि सरकारी उच्च पदस्तहरुलाई समेत थाहा भएको थियो । नाच्ने ति दुई कर्मचारी कार्यालय समयमै यस्तो काम गरेका कारण जागिरबाट निष्कासित गरिएको छ । लाइव हिन्दुस्तानको युटुब पेजमा ति दुई कर्मचारी नाचेको भिडियो शेयर गरिएको छ ।

भिडियोको ब्याकग्राउण्डमा गित बजिरहेको छ । करीब ५० सेकेण्डको भिडियोमा दुई कर्मचारी “दिल चोरी साडा हो गया… ओए की करिए की करिए” गितमा नाचिरहेका छन् । बीचमा एक महिलाको आवाज पनि सुनिन्छ ।

हेर्नुहोस् तपाई पनि उक्त भिडियो

तपाईको प्रतिक्रिया