उपचारको क्रममा एक व्यक्तिको निधन भएपछि रेसुङ्गा अस्पताल तनावग्रस्त

85

रेसुङ्गा अस्पताल तनावग्रस्त

गुल्मी – उपचारको क्रममा एक व्यक्तिको निधन भएपछि चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै रेसुङ्गा अस्पताल तम्घास तनावग्रस्त बनेको छ ।

बिरामीका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

आक्रोशित समूहले प्रहरीको गाडीमा तोडफोड गरेका छन् । उनीहरुले अस्पतालमा समेत तोडफेडको प्रयास भएको रातोपाटीसंवाददाताले बताए ।

अस्पताल परिसर तनावग्रस्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दियो ।

मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्याल दाँतमा समस्या आएपछि उपचारको लागि रेसुङ्गा अस्पताल पुगे ।

डाक्टरले उनको गिजामा इन्फेक्सन भएको र पिप जमेको बताए । जमेको पिप निकाल्नको लागि उनलाई बेहोस बनाइयो । पिप निकाल्न बेहोस बनाइएका अर्यालको मंगलबार राति ८ बजेको समयमा ज्यान गयो ।

उनको उपचारमा संलग्न डा. यम भुजेललाई प्रहरीले नियन्त्रण्मा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

अर्यालका आफन्तले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन ।

तपाईको प्रतिक्रिया