सलमान खानको नेपाल आउने कार्यक्रम रोकिएपछि केदार घिमिरे (माग्ने बुढा) ले दिए भारत बिरुद्द यस्तो

50

फागुन २६ गते राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको सलमान खानको कार्यक्रम ‘द दबंग टुर’ स्थगित भएपछि अनेक किसिमका टिकाटिप्पणीहरु आईरहेका छन् । बिभिन्न ब्यक्तिहरुले आ–आफ्नो प्रतिक्रियाहरु दिईरहेका छन् ।

यस्तैमा हाँस्यकलाकार केदार घिमिरेले पानि आफ्नो फेसबुकमा एउटा यस्तो स्टाटस लेखेको छन्

पढ्नुहोस गेदार घिमिरे (माग्ने बुढा) को स्टाटस जस्ताको त्यस्तै

इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब,सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई , बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दु:ख नमाने हुने देखिन्छ। हामीसंग पनि अनमोलहरू छन।

नोट : नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ,नेपाली गीत सँगीत पहिलो प्राथमिकतामा हुनुपर्दछ ,नेपाली मिडियामा आउने बिज्ञापनमा नेपाली मोडेल हुनुपर्दछ,नेपामा जन्मिने बच्चाले पहिलो शब्द “आमा” नै बोलुन, मदर, माॅ वा मम् नबोलुन। भाषा सकियो देश सकियो।(सुकिलो लुगा लगाएकी पल्ला घरकी आमा भन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी) ।

तपाईको प्रतिक्रिया