इस्माली समाज काठमाण्डौ को तिज को दर खाने कार्यक्रम सम्पन्न

120

महेन्द्र बस्नेत | काठमान्डौ २४ भाद्र  | हिन्दु नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अवसर पारी ईस्माली समाज काठमाण्डौको आयोजनामा (तीजको दर खाने ) कार्यक्रम ज्ञान निकेतन बोर्डिंग स्कुल , शंखमुलमा शनिवार भव्यताका साथ सम्पन्न भएको छ | उक्त कार्यक्रममा प्रमुख अथिति श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट,  समाजका अधक्ष्य दामोदर भण्डारी ज्युको अधक्ष्यतामा र शीबलाल खड्काको संयोजकतामा कार्यक्रम सम्पन्न भएको हो यस कार्यक्रमलाइ समाजका  सचिव हेमान्त थापाले संचालन गर्नु भएको थियो |

उक्त कार्यक्रममा स्थानीय गायक सन्तोष लम्साल, बिनय खत्री र नेत्र अर्यालको बेजोड प्रस्तुती रह्यो भने गायीकामा गायत्री थापाको पनी उत्तीकै उत्साहपूर्ण प्रदर्शन रहेको थीयो |

हेर्नुस उक्त कार्यक्रम को झलक भिडियो मा

तपाईको प्रतिक्रिया