विमान दुर्घटनामा निधन भएकाको सम्झनामा लोक गीत सार्वजनिक (भिडियाेसहित)

84

सर्वसम्मान म्युजिक प्रा.लि.को आयोजनामा फागुन २८ गते बंगाल विमान दुर्घटनामा निधन भएका नेपालीप्रति माल्यार्पण गरिएको छ । सोही घटनामा आधारित भइ ‘हिजो पनि गाउँथे गीत आज पनि गाउँथे, दुनियाँको पीडालाई गीत म सुनाउँथे’ बोलको लोक गीतको भिडियो बिमोचन पनि गरिएको छ ।

अनामनगर सम्बाद डबलीको हलमा भएको कार्यक्रममा नेपाली लोक दोहरी प्रतिष्ठानका पूर्वअध्यक्ष्य चन्द्र शर्माले राष्ट्रको गहनाकोरुपमा परिचित कलाकारहरुले देशमा आइपरेको जस्तोसुकै समस्याको गीत संगितको माध्यमबाट प्रस्फुटित गर्ने काम गरेको बताए ।

कार्यक्रममा लोक देउडा गायक धर्मराज न्यौपाने, एशियन लाइफ इन्सुरेशन काठमाडौं क्षेत्र नं. ३ का माहाप्रबन्धक लोकराज जैशीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया