आमाहरुले समस्या लुकाउँदा बिकराल बन्दै पाठेघरको समस्या Ismanews.com

72

आमाहरुले समस्या लुकाउँदा बिकराल बन्दै पाठेघरको समस्या Ismanews.com

टोपलाल अर्याल
गुल्मी, १६ माघ । गुल्मीको इस्मा गाउँपालिका ४ दरवारटोलकी काली दर्जी ६५ वर्षकी भइन । उनी आङ खस्ने समस्याले पिरोलिएकी छन् । लामो समयदेखि समस्या थियो । लाज मानेर कसैलाई बताइनन् । उनी अस्पताल पुगेकी छैनन् । सानो उमेरमा बिहे भयो । उनले जन्माएका तीन छोरीको बिह भैसक्यौ । छोरा छैनन् । घरमा बिरामी श्रीमान, छोरीतिरका नातिनी र उनी मात्र छन् । उनी अप्ठ्यारो गरि हिड्दा र प्राय उडकिलेरी बस्दा धेरैले उनको त्यो बानी नै भनिरहे । अहिलेसम्म कालीसं न कसैले त्यो कारण सोधे नत उनले नै आफ्नो समस्या बताइन् । इस्मा गाउँपालिकामा आङ महिलाहरुको निशुल्क स्वास्थ्य शिविर बसेपछि मात्र उनको त्यो समस्या बाहिर आयो ।

शिविर बस्ने भएपछि सोहि स्थानकी स्वयसेविका कमला बस्नेतले गाउँमा खबर गर्दै जाँदा कालीको घर पुगिन् । स्वयम सेविका कमलाको खबर सुनेपछि पीडित दर्जीले आफ्नो समस्या बल्ल तल्ल सुनाइन् । तर पनि शिविरसम्म जाने हिम्मत देखाइनन् । पीडा सुनेपछि स्वयसेविकाले फकाई फुल्याँई उनलाई क्याम्पसम्म पु¥याइन् । चिकित्सकले उनको पाठेघरमा रिङ्ग प्रेसरी लगाए । जसका कारण उनको आठ÷नौ बर्षसम्मको पीडा कम भएको छ । शिविरमा आएका सुझाव र सल्लाहपछि कालीले स्वयसेविका र स्वास्थ्यकर्मीलाई धन्यबाद समेत दिइन् ।

‘म काम गरेर खाने मान्छे, मेरो दुख बुढोले सुनेन्,’आँसु झार्दै उनले भनिन,‘बाँचनका लागि समस्या च्यापेरै मेला पात गरे ।’ उनले निशुल्क उपचार नभएर धेरै पैसा लाग्ने ठानेर पनि समस्याका बारेमा धेरैलाई नभन्ने गरेको बताइन् । त्यो दरवारटोलमा अधिकांश दलित समुदाय छ । धेरैले कडा मेहेनत नगरे खान पुग्दैन् । अशिक्षित तथा दलित समुदाय भएकाले आङ खस्ने समस्या भएका महिला धेरै हुन सक्ने भएपनि लाजका कारण कोहि खुल्न नसक्ने स्वास्थ्य स्वंमसेविका कमला बस्नेतले बताइन् । आङ खस्ने समस्याले पीडित कालीका श्रीमान रत्न बहादुर दर्जी बिरामी परेर घरमै छन् । सोहि वडा कै हुमकला कुवंर पनि आङ खस्ने समस्याले थला परेकी छन् । उनलाई यो समस्याले बर्षौ पिरोल्यौ । तर अस्पताल पुग्न र समस्या अरुलाई भन्न नसकेर उनी घरमै थिइन् । हुमकला पनि गाउँमै संचालन भएको क्याम्पसम्म श्रीमानसंगै बल्ल तल्ल आइपुगिन् । धेरैको सुझाव सल्लाह दिएपछि चिकित्सकहरुले कुवंरको पाठेघरमा रिङ्ग प्रेसरी राखिदिए ।

एउटै क्याम्पमा २ सय १२ जनाको उपचार

इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र भुसालका अनुसार यो समस्या विपन्न र निरक्षर समुदायमा बढि छ । तर निःशुल्क उपचारबारे जानकारी छैन । उनी जस्तै समस्या भएका इस्मा गाउँपालिकाका छ वडा र मालिका गाउँपालिकाका ६ र ८ का २९ जना महिलाहरुले पाठेघरमा रिङ्ग प्रेसरी राखेको संयोजक भुसालले बताए । उनीहरु सहित दुई सय १२ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा इस्मा गाउँपालिकाको व्यावस्थापनमा (अब्स्ट्रेटिक फिस्टुला) अर्थात पाठेघर खसेका महिलाहरुलाइ रिङ्ग प्रेसरी लगाउने तथा पाठेघरको मुखको क्यान्सरको जाँच सम्बन्धि शिविर शुक्रबार सम्पन्न भएको थियो । त्यस्तै रेसुंगा नगरपालिका २ को बलिथुममा शनिबार भएको शिविरमा ९२ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमा तीन जना महिलाले रिङ्ग प्रेसरी लगाएका थिए ।

बिकट र बिपन्नमा समस्या बिकराल

इस्मा र बलिथुममा मात्र होइन । जिल्लाको विपन्न र विकटका महिलाहरुमा समस्या छ । जनचेतना अभाव छ । गाउँमा रोग पालेर बस्न बाध्य छन् । जनचेता अभावकै कारण तीन÷तीन महिनामा फेर्नु पर्ने रिङ्ग चार÷पाँच बर्षसम्म नफेरेर पाठेघर भित्रै बालो सडेको अवस्थाका आमाहरु समेत क्याम्पमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयको पब्लिक हेल्थ नर्श सुमन शर्माले बताइन् । आर्थिक अभावका कारण गाउँमा यस्ता शिविरहरु बिरलै मात्र हुने तथा उपचार निशुल्क हुन्छ भन्ने जानकारी नभएका कारण गाउँमा यो समस्या विकराल रहेको शर्माले बताइन् । यस वर्ष दुई ठाउँमा मात्र क्याम संचालन गर्ने बजेट आफुहरुलाई आएपनि केहि अन्य सहयोग जुटाएर चार स्थानमा क्याम्प संचालन गर्ने योजना कार्यालयको रहेको उनले बताइन् । दुई स्थानमा क्याम्प सकिएको छ ।

चेतना अभावले आङ खस्ने समस्या: डा. दिवस

गुल्मीको ग्रामीण क्षेत्रका महिलामा चेतना अभावले आङ खस्ने समस्या बढ्दै गएको छ । खस्ने कारण र यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या कायम रहेको स्वय स्वास्थ्यकर्मी स्वीकार गर्छन । शिविरमा सहभागी रिडी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दिवस सापकोटाका अनुसार धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले पाठेघर खस्ने समस्या हुने गर्दछ । गाउँमा पाठेघरको समस्या भएका आमा दिदिबहिनीहरु धेरै भएकाले चेतनामूलक कार्यक्रमललाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको सापकोटाले बताए । ‘गाउँको एउटा क्याम्पमा मात्र्र दुई÷तीन सय जना महिलाले समस्या लिएर आउनु सानो कुरा होइन,’उनले भने,‘प्रत्येक स्थानीय तहमा यसको अपरिहार्यता छ ।’ उनले इस्मामा आएका केहि आमाहरुको अवस्था अत्यन्तै दर्दनाक भएकाले छिटै अर्को पाठेघरको अप्रेशन सम्बन्धि क्याम्प संचालन गर्न सुझाव दिए । धेरै महिलाहरुले अप्ठेरो मानेर रोग लुकाउने गरेका छन् । यस्ता रोगी शिविरमा कम आउँछन । तर पहिलेको तुलनामा भन्दा महिलाको संख्या शिविरमा बढ्दै गएको उनले बताए

स्रोत: Gulminews

तपाईको प्रतिक्रिया