इस्मा गाउँपालिकले शुरु गर्‍यो अध्यक्ष कप भलिबल प्रतियोगिता, बिजेतालाई २५ हजार रुपैँया र कप

76

टोपलाल अर्याल
गुल्मी, २४ चैत । इस्मा गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ । खेल आज र भोली अर्थात चैत २५ गते सञ्चालन हुनेछ । ६ वडाका ९ समुहले प्रतियोगीतामा प्रतिस्प्रर्धा गर्ने गाउँपालिकाले जनाएको छ ।

आज भएको इस्मा गाउँपालिका वडा नं ५ रजस्थल ए र वडा नं ४ दोहली ए समुह तथा वडा नं ५ रजस्थल बि र वडा नं ४ दोहली बिचको पहिलो खेलमा रजस्थलको दुवै समुह बिजयी भएर सेमिफाइन प्रवेश गरेको छ ।

त्यस्तै वडा नं २ हस्तिचौरको ए र बि तथा वडा नं ६ अम्मरपुरको ए र बिबिच भएको खेलमा वडा नं ६ अम्मरपुर बि र वडा नं १ हस्तिचौरको ए समुह सेमिफाइलमा प्रवेश गरेको राम बहादुर खड्काले बताए ।

भोली बिहान ८ बजेबाट सेमिफाइल र फाइनलका खेल हुनेछन् । प्रतियोगीतामा प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार पाउनेछन् ।

प्रतियोगीताको उद्घाटन गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले गरेका हुन ।

तपाईको प्रतिक्रिया